रेसुङ्गाको माइकास्थान बाझीपोखरी बस्तीमा फोहोर व्यबस्थापन सामाग्री
गुल्मी ।
रेसुङ्गा नगरपालिकाको सहयोग तथा सहकार्यमा माइकास्थान बाझीपोखरीको बस्तीमा फोहोर व्यबस्थापन सामाग्री बितरण गरिएको छ ।
पालिकाको सहकार्यमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तम्घासले रेसुङ्गा नगरपालिका वडा न. २ र ८ को सगंम स्थल माइकास्थान बाझीपोखरीको दलित बस्तीमा सरसफाइलाई मध्यनजर गर्दै फोहोर व्यवस्थापन र सरसफाइ सामाग्री हस्तान्तरण गर्नुभयो ।
“समुन्नत रेसुङ्गा हाम्रो सान, उत्कृष्ट नगर सबैको पहिचान ” भन्ने उद्घोष सहित ७७ घर परिवारलाई फोहोर व्यवस्थापनका सामग्री वितरण गरिएको हो । सानो रकम भएपनि कार्यक्रमले बानी तथा आचरण सुधार संगै फोहोर व्यवस्थापन र सरसफाइमा सहयोग पुर्याउने उदेश्य लिएका छौँ ।
सफा, स्वच्छ, सुन्दर र हराभरा नगर बनाउन हाम्रो दृढ संकल्पमा सबैको साथ, सहयोग र सहकार्यको पुर्ण अपेक्षा गर्दछौं नगर प्रमुख खिल्ध्वज पन्थीले भन्नुभयो ।