तिलोत्तमा नगरपालिकाको पौने ३ अर्बको बजेट सभाबाट पारित
रुपन्देही ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आ.व. २०८०/८१ का लागि बिनियोजित २ अर्ब ७३ करोड ८४ लाख ३९ हजार ५ सय २९ रुपैया बजेट शनिबार नगरसभाबाट पारित गरेको छ ।
नगरपालिकाको पहिलो नगरसभा बैठकमा असार ७ गते नगर प्रमुख रामकृष्ण खाणले नीति तथा कार्यक्रम पेश गर्नुुुएको थियो । सो नगरसभा लगत्तै असार ९ गते उपप्रमुख जगेश्वरदेवी चौधरीले २ अर्ब ७३ करोड ८४ लाख ३९ हजार ५ सय २९ रुपैयाको बजेट प्रस्तुत गर्नुुुभएको थियो ।

नगरसभाको तेस्रो बैठकले बजेट र नीति तथा मार्गदर्शन एवं कार्यक्रम सर्बसहमतिमा पारित गरेको हो । बजेटमा चालु खर्चतर्फ १ अर्ब ६ करोड २४ लाख ५० हजार र पूँजीगततर्फ रु १ अर्ब ६७ करोड ५९ लाख ८९ हजार विनियोजन गरिएको छ । नगरसभामा बेरुजु सम्परीक्षण, न्यायिक समितिको प्रतिबेदन, बजेट तथा कार्यक्रम, आर्थिक विधेयक र बिनियोजन विधेयकको स्वीकृतिको लागि निर्णयार्थ पेश गरिएकोमा सो प्रतिबेदनमाथि छलफल गरी सर्बसम्मतिले पारित भएको छ।
बैठकमा सदस्यहरुले राखेका जिज्ञासाको नगर प्रमुख तथा उपप्रमुखले जवाफ दिनुभएको थियो । विभिन्न बिषयगत समितिका तर्फबाट नगर उपप्रमुख तथा न्यायिक समिति संयोजक जागेश्वर देवी चौधरीले न्यायिक समितिको प्रतिबेदन, कार्यपालिका सदस्य राधा शाहीले सुशासन तथा संस्थागत बिकास समितिको प्रतिबेदन र फर्सुराम गिरिले लेखा समितिको प्रतिबेदन प्रस्तुत गर्नुभएकोमा प्रतिबेदन पारित भएको छ ।