2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पा क्षेत्रमा अबिरल वर्षा, पानीको सतह बढ्यो,सडक अबरुद्ध

पाल्पा क्षेत्रमा अबिरल वर्षा, पानीको सतह बढ्यो,सडक अबरुद्ध


Sabalnews प्रकाशित मिति : शनिबार, असार १६ २०८०
1.2K

पाल्पा ।

शुक्रबार देखि परेको अबिरल बर्षाले पहाडी जिल्ला पाल्पा सहित आसपासको जीवन कष्टकर बनाएको छ ।

लामो खडेरीपछी लगातार परेको पानीले सडकखण्डमा पहिरो गएको छ । कालीगण्डकी करिडोर र सिद्धार्थ राजमार्ग सहित पाल्पा-गुल्मी सडकखण्ड र सानातिना भित्री बाटो अबरुद्ध भएको छ ।

कालीगण्डकी करिडोर अन्तर्गत राम्दी भुवर खण्डको रम्भा १/३ सिमाना सहदीखोलामा पहिरो झर्दा बाटो अबरुद्ध भएको छ । हिजो बिहान पनि बाटो अबरुद्ध हुँदा डोजरले सफा गरि दिउँसो आवतजावत भएको थियो । त्यस्तै सिद्धार्थ राजमार्गको तिनाउ ३ सिद्धबाबा क्षेत्र र आर्य-राम्दी सडकखण्डको चिदीपानीमा पनि माथिबाट आएको भेलले बाटो बन्द छ । बिहान देखि अबरुद्ध बाटो ११ बजेतिर खुलाइएको हो । यहाँ निरन्तर पानी परिरहेकोले पहिरो खसेको छ ।

यता, तानसेन- गुल्मी सडकखण्डको ढुङ्गाखानी र सम्मोबारी नजिक पहिरो झरेको प्रहरीले जनाएको छ । जिल्लाका कच्ची र भित्री सडक पुर्ण रुपमा बन्द छ । शुक्रबार देखि पानी परिरहेकोले कालीगण्डकी नदी र खोला किनारमा पानीको सतह बढेको छ । पानी परिरहेकोले पहिरो पन्छाउन र बाटो सहज गराउन समस्या भएको छ । बाहिर हिडडुल नगर्न र गर्नै परे सजकता अपनाउन ट्राफिक कार्यालयले सबैमा अनुरोध गरेको छ  ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com