निवर्तमान उपप्रमुख सहित वडाध्यक्षलाई सम्मान सहित सल्लाहकार चयन
पाल्पा ।
जिल्लाको रामपुर नगरपालिकाले १३ औँ नगर सभामा निवर्तमान जनप्रतिनिधिमा पुर्व उपप्रमुख सहित वडा अध्यक्षलाई सम्मान गरेको छ । साथै नगरपालिकाले सल्लाहकारमा चयन गरेको छ।
नगर सभाको अवसरमा रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापा, उपप्रमुख बालकुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले उहाँहरुलाई सम्मान गर्नुभएको हो ।
रामपुर नगरपालिका निवर्तमान नगर उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य, वडा अध्यक्षहरु मित्रलाल कंडेल, तारा बहादुर थापा, दिनेश कुमार खनाल, एक बहादुर नेपाली, हिमाल मल्ल, हुमनाथ न्यौपाने, तिर्थ प्रसाद पङ्गेनी, बोम बहादुर नामजाली, इच्छाराम सिंजाली र लिल बहादुर गाहालाई सम्मान गरेको हो ।
संघीयतापछिको पहिलो स्थानीय निर्वाचनमा निर्वाचित भई नगरपालिकाको विकास निर्माणमा महत्त्वपूर्ण योगदान गरेकोमा नगर सभाका अबसरमा उहाँहरुलाई सम्मान गरिएको नगर प्रमुख रमणबहादुर थापा बताउनुभयो ।
रामपुर नगरपालिका उत्कृष्ट विद्यालयमा मावि तर्फ रामतुलसी नमुना मावि रामपुर ५, आधारभुत विद्यालयतर्फ रामपुर आधारभुत विद्यालय रामपुर ५ र प्रावि तर्फ ज्ञानमञ्जरी प्राथमिक विद्यालय रामपुर १ लाई अध्यक्ष र प्रध्यानध्यापक मार्फत सम्मान गरेको छ । साथै जिल्लास्तरिय वक्तृत्वकला प्रतियोगितामा प्रथम हुने रामतुलसी नमुना माविका छात्रा सुरक्षा घिमिरे, पत्रकार शुशिला रेग्मी र नगरपालिकामा कार्यरत नगर प्रहरी ताराबहादुर सेनलाई सम्मान गरेको छ ।
खेलाडी तर्फ ब्याडमिन्टन बिधामा रामपुर ६ का मुस्कान कुमाल, क्रिकेट विद्यामा रामपुर ७ का सुनिल क्षेत्री, पुरुष फुटवल विद्यामा रामपुर ७ का सन्दिप मल्ल, पुरुष भलिवल विद्यामा रामपुर ४ का सन्दिप थापा, महिला भलिवलमा रामपुर ६ का अस्मिता थापा पुरस्कृत हुनुभएको छ । जनही नगद रु पाँच हजार, दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरिएको हो ।