2

Logo २०८३ बैशाख १४ सोमबार
रामपुर नगरपालिकाले १३ औं नगर सभामा नीति कार्यक्रम र बजेट एकैदिन ल्यायो

रामपुर नगरपालिकाले १३ औं नगर सभामा नीति कार्यक्रम र बजेट एकैदिन ल्यायो


Sabalnews प्रकाशित मिति : आइतबार, असार १० २०८०
1.8K

पाल्पा ।

पाल्पाको रामपुर नगरपालिकाले आगामी आर्थिक बर्ष २०८०/०८१ को नीति कार्यक्रम र बजेट एकैदिन सार्बजनिक गरेको छ ।

आइतबार भएको नगरपालिकाको नगर सभाको  १३ औं अधिबेशनमा नगरपालिकाको नीति कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख रमण बहादुर थापाले नगरपालिकाले सबै क्षेत्रको सुझाब सल्लाह बमोजिम नीति कार्यक्रम ल्याएको बताउनुभयो । सभाका अध्यक्ष तथा नगर प्रमुख थापाले ल्याएको नीति कार्यक्रममा धेरैजसो बिगतका बर्षकै कार्यक्रमलाई निरन्तरता दिएको छ । नीति कार्यक्रम संसोधन सहित पारित भएको छ ।

नीति कार्यक्रमले कृषि, पर्यटन, स्वास्थ्यलाई प्राथमिकता दिएको छ । कृषिमा खाद्यान्न विउविजनमा ५० प्रतिशत अनुदान, कृषि खेती गर्ने औजार, भण्डारण, अण्डा दुध र मासु एवं तरकारीमा आत्मनिर्भर बनाउँदै लगिने,  यस क्षेत्रमा पाइने आँप लीचि लगायतलाई बढाउने बताउनुभयो । पर्यटन प्रवद्र्धनका लागि होमस्टे सञ्चालन, पूर्वाधार विकास र पहुँच विस्तार गर्ने, पर्यटन गन्तव्यहरुलाई एकितृत गरी पर्यटन प्याकेज निर्माण गरी पर्यटक आकर्षित गर्ने, कालीगण्डकी किनार संगै रामपुर ४ को बौद्धविहार देखि रेवती पोखरा सम्म पदमार्ग निर्माण गर्ने, राम कथा संग सम्बन्धीत क्षेत्र लाई जोडि रामायण सर्किटको रुपमा विकास गर्ने, जिपलाईनको सम्भाव्यता अध्ययन गर्ने, रामपुरको पहिचान बढाउन उपयुक्त स्थानमा रामसीताको मूर्ति निर्माण गर्ने कार्यक्रम रहेको बताउनुभयो ।साथै नगरपालिकाले ८ जना वा सो भन्दा बढी रोजगार दिने गरी उद्योग व्यवसाय सञ्चालन गर्ने उद्योगीलाई ३० लाख सम्मको व्याज अनुदान दिने, महिला तथा युवाहरुको आर्थिक समृद्धि संगै गरिबी निवारणका लागि मेयर उपमेयर उद्यम विकास कार्यक्रम सञ्चालनलाई प्राथमिकता दिईएको छ । नगरका सबै स्वस्थ्य संस्थालाई क्रमश पूर्वाधार सम्पन्न बनाउने, बालमैत्री पालिका बनाउन स्वास्थ्यका सूचक पुरा गर्दै लगिने, नवनिर्मित आयुर्वेद अस्पतालमा प्रयोगशाला तथा फार्मेसी सेवा सहित चिकित्सकिय सेवा प्रदान गरिने उल्लेख छ ।

नगरको हरेक सडकको दायाँबायाँ वृक्षरोपण गरी हरियाली सडकको रुपमा विकास गन प्राथमिकता दिने, एकघर एक विरुवा, एक वडा एक हरियाली पार्क कार्यक्रम सञ्चालन गर्ने, कालीगण्डकी करिडोर अन्तर्गतका सडकमा ट्राफिक प्रहरी पोष्ट, पैदल मार्ग, जेब्रा क्रस, यात्रु प्रतिक्षालय र सार्वजनिक शौचालय निर्माणको योजना बनाई रिफ्रेसमेन्ट केन्द्रका रुपमा विकास गर्ने, चक्रपथ निर्माण कार्य अघि बढाउने, पूर्वाधार एम्बुलेन्स स्थापना गरी सेवा प्रवाह गर्ने, पर्यटकिय नगरपालिका भित्रका सबै वडामा एउटै प्रणलीको विद्युत उपलब्ध गराउने निति लिएको छ । साथै नगरलाई यसै वर्ष भित्र खरको छाना रहित बनाउनको खरको छानो भएका घरहरुलाई जस्तापातामा रुपान्तरण गरिने उल्लेख गर्नुभयो । पिउने पानीको लागि ग्रेभेटी फ्लोको योजनालाई प्राथमिकता दिने र सम्भव नभएका स्थानमा लिफ्टीङ्गको माध्यम बाट योजना सञ्चालन गरिने नीति लिएको छ । नगरपालिकाले घरनक्सालाई विद्युतिय स्वीकृति तर्फ लैजान तथा वडा बाटै आवस्व तथा मालपोत कर संकलनको व्यवस्था मिलाउने नीति लिएको छ ।

नीति तथा कार्यक्रममा विकासका पूर्वाधारहरूको पहुँच बिस्तार गरी बस्तीस्तरसम्म विकासका अवसरहरूको पर्याप्त उपयोग गर्ने अवस्थाको सुनिश्चितता गर्ने, सन्तुलित, समावेशी र समन्यायिक विकासको अवधारणामार्फत विभिन्न वर्ग, क्षेत्र, लिङ्ग, समुदाय र जातजातिको श्रोत साधनमा पहुँच अभिवृद्धि गर्ने, उत्पादनमूलक क्षेत्रमा ब्यवसायिकता र उद्यमशीलताको विकास एवं सामाजिक परिचालन गरि गरिवी न्यूनीकरण गर्ने, विकासको दृष्टिले पछाडि परेका वडाहरूमा प्राथमिकताका आधारमा विकास कार्यक्रमहरू पुर्‍याई जनताको सामाजिक आर्थिक रूपान्तरण गर्ने, स्वच्छ सुरक्षित खानेपानी, सरसफाई र स्वास्थ्य सम्वन्धी चेतनाको अभिबृद्धि गरी दीर्घकालीन लक्ष्य प्राप्तिमा टेवा पुर्‍याउने, विकास कार्यक्रम तथा आयोजनाहरू सञ्चालन गर्दा सरोकारवालाहरू वीच समन्वय कायम गर्दै जनसहभागिता, पारदर्शिता र उत्तरदायित्व बढाई सु-शासनको प्रत्याभूति दिने जनाएको छ ।

शिक्षाको विकासको लागि कार्यसम्पादनको आधारमा शिक्षक कर्मचारीलाई पुरस्कृत गरिने, “झोला रहित शुक्रबार प्रतिभाको पहिचान” भन्ने नारा सहित अतिरिक्त क्रियाकलपालाई व्यवस्थित गरिने, सामुदायिक विद्यालयको सुन्दरता बढाउन विद्यार्थीहरुको सहभागिता हुने गरी सुन्दर विद्यालय परियोजना सञ्चालन गर्ने जनाएको छ । प्रोत्साहन सहित नगरपालिकाका करार कर्मचारीको तलब वृद्धि र संचयकोषको व्यबस्थामा पहल गर्ने, कर्मचारीलाई प्रोत्साहन स्वरुप स्थानीय भत्ताको व्यबस्था,  विद्यालयका बालविकास सहायक र कर्मचारीको तलब थप गर्ने थापाले बताउनुभयो ।

नगरपालिकाले २०८३ मंसिर ५ भित्र बालमैत्री नगर घोषणा गर्ने नीति लिएको छ । नगरपालिकाले राष्ट्रिय तथा जिल्ला स्तरीय प्रतियोगिताका लागि छनौट भएका खेलाडीहरुको दुर्घटना विमा गर्ने र प्रोत्साहनका लागि उत्कृष्ट खेलाडीलाई पुरस्कृत गर्ने नीति जनाएको छ ।

महिला तथा युवालाई लक्ष्यित गरि सचेतना, ट्राफिक नियम पालनाको लागि कक्षा तथा नगरको हरेक सडकको दायाँबायाँ वृक्षरोपण गरी हरियाली सडकको रुपमा विकास गर्न प्राथमिकता दिने, एकघर एक विरुवा, एक वडा एक हरियाली पार्क कार्यक्रम सञ्चालन गर्ने, कालीगण्डकी करिडोर अन्तर्गतका सडकमा ट्राफिक प्रहरी पोष्ट, पैदल मार्ग, जेब्रा क्रस, यात्रु प्रतिक्षालय र सार्वजनिक शौचालय निर्माणको योजना बनाई रिफ्रेसमेन्ट केन्द्रका रुपमा विकास गर्ने, चक्रपथ निर्माण कार्य अघि बढाउने, पूर्वाधार एम्बुलेन्स स्थापना गरी सेवा प्रवाह गर्ने, पर्यटकिय नगरपालिका भित्रका सबै वडामा एउटै प्रणालीको विद्युत उपलब्ध गराउने निति लिएको छ ।
साथै नगरलाई यसै वर्ष भित्र खरको छाना रहित बनाउनको खरको छानो भएका घरहरुलाई जस्तापातामा रुपान्तरण गरिने उल्लेख गर्नुभयो । पिउने पानीको लागि ग्रेभेटी फ्लोको योजनालाई प्राथमिकता दिने र सम्भव नभएका स्थानमा लिफ्टीङ्गको माध्यम बाट योजना सञ्चालन गरिने नीति लिएको छ । नगरपालिकाले घरनक्सालाई विद्युतिय स्वीकृति तर्फ लैजान तथा वडा बाटै आवस्व तथा मालपोत कर संकलनको व्यवस्था मिलाउने नीति लिएको छ ।

यसैबिच,रामपुर नगरपालिकाको आगामी आर्थिक वर्षको लागि ६९ करोड ७२ लाख ५० हजार रुपैयाँ बराबरको बजेट नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले प्रस्तुत गर्नुभएको छ ।

नगरपालिकाले आगामी आर्थिक वर्षको लागि प्रत्येक वडालाई समान ४२ लाख रुपैया रकम विनियोजन गरेको छ । जसमा कुल आय तर्फ संघीय समानिकरण अनुदान ११ करोड ७७ लाख, संघीय राजस्व बाँढफाँड बाट १० करोड ४२ लाख २२ हजार, संघीय समपुरक पूँजीगत ६० लाख, संघीय विशेष अनुदान ८० लाख, संघीय ससर्त (चालु) ३२ करोड ८४ लाख, संघीय ससर्त (पूंजीगत) १ करोड ७६ लाख, प्रदेश समानिकरण अनुदान ८५ लाख ९६ हजार, प्रदेश राजश्व बाँडफाँड ८७ लाख १६ हजार ३ सय ४८, प्रदेश समपुरक १ करोड ५० लाख, प्रदेश ससर्त १ करोड १६ लाख ५० हजार र आन्तरिक स्रोत तर्फ ५ करोड ५० लाख, अल्या १ करोड ६३ लाख ६५ हजार ६ सय ५२ गरी ६९ करोड ७२ लाख ५० अनुमान गरिएको छ ।

त्यस्तै आर्थिक विकास तर्फ १ करोड ९५ लाख ५० हजार, सामाजिक विकास तर्फ ३४ करोड २३ लाख, पूर्वाधार विकास तर्फ ९ करोड ७८ लाख, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि २ करोड ९३ लाख, कार्यालय सञ्चालन तथा प्रशासनिक तर्फ १६ करोड विनियोजन गरेको थापाले जानकारी दिनुभयो । उपप्रमुख थापाले नगर सभामा प्रस्तुत गर्नु भएको विनियोजन विधयेक र आर्थिक विधेयक सर्वसहमतमा पारित भएको छ ।

नगर सभाको अवसरमा रामपुर नगरपालिकाले नगर भित्रका पूर्व जनप्रतिनिधि, संचारकर्मी, खेलाडी तथा उत्कृष्ट विद्यालयहरुलाई सम्मान सहित पुरस्कृत गरेको छ ।

सभामा लेखा समिति, योजना तथा सुशासन समिति र बिधायक समिति सर्वसहमतिमा चयन गरेको छ । वडाअध्यक्ष दुर्गा प्रसाद पोखरेलले  प्रस्ताव गर्नुभएको दामोदर पाठक संयोजक रहनुभएको लेखा समिति, वडा अध्यक्ष तोयानाथ सारुले प्रस्ताव गर्नुभएको योजना तथा सुशासन समिति कपिल बहादुर खाणको संयोजकत्व र दोबराज तिवारीले प्रस्ताव गर्नुभएको दिवाकर देवकोटाको संयोजकत्वमा बिधायन समितिबाट पारित भएको छ ।

रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रम प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपानेको स्वागत र सूचना अधिकारी रामहरि पाण्डेको सञ्चालनमा भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com