2

Logo २०८३ बैशाख १३ आइतबार
कल्भर्ट उद्घाटन गर्दै नगर प्रमुख थापाले भन्नुभयो- आगामी आ.ब.०८०/०८१ आर्थिक बृद्धिदरको बर्ष हुनेछ

कल्भर्ट उद्घाटन गर्दै नगर प्रमुख थापाले भन्नुभयो- आगामी आ.ब.०८०/०८१ आर्थिक बृद्धिदरको बर्ष हुनेछ


Sabalnews प्रकाशित मिति : शनिबार, असार ९ २०८०
1.4K

पाल्पा ।

रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले रामपुर ७ मा निर्माण सम्पन्न कल्भर्टको उद्घाटन गर्दै आगामी आर्थिक बर्ष आर्थिक बृद्धिदरको बर्ष हुने बताउनुभएको छ ।

नगरको विकासको लागि आगामी आर्थिक बर्षलाई आर्थिक बृद्धिको बर्षको रुपमा अगाडी बढाउने थापाले बताउनुुुभएको हो ।
रामपुर ७ नाम्ले खोलामा निर्माण सम्पन्न कल्भर्ट योजनाको  उद्घाटन गर्नुभएका नगर प्रमुख थापाले विकासका लागि बजेटको आवश्यकता पर्ने भन्दै अबको आर्थिक बर्ष नगरको आन्तरिक आय बृद्धिमा केन्द्रित हुने बताउनुभयो । “नगरको विकासका लागि बजेटको आवश्कता पर्छ, अहिले बजेट अभाव छ त्यसैले नगरको आन्तरिक आम्दानी बढाउनुपर्नेछ”- थापाले भन्नुभयो । नगरपालिकाले राजश्व बृद्धिका कार्यक्रम सञ्चालन गर्नेछ, करको दर भन्दा दायरा बढाउने रणनिति तय गरिनेछ ।  साथै उहाँले नगरको हरेक योजना सञ्चालन गर्दा उपभोक्ता उत्साह र सहभागि हुन पर्ने बताउनुभयो ।

वडा नं.७ का वडा अध्यक्ष दोवराज तिवारीले थोरै बजेटमा पनि कल्भर्ट योजना समयमै सम्पन्न गरेकोमा धन्यवाद दिंदै यसको संरक्षण गर्नु स्थानीय दायित्व भएको बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रस रामपुर नगर सभापति नेत्र प्रसाद भट्टराई, नेकपा एमालेका सुकदेव पोखरेल, निर्माण समितिका अध्यक्ष यम प्रसाद भट्टराईले बजेट योजना र लाभग्राहीबारे बोल्नुभएको थियो । निर्माण समितिका अध्यक्ष भट्टराईको अध्यक्षता, समितिका सदस्य शिक्षा खनालको स्वागत र उमाकान्त भट्टराईको सञ्चालनमा सम्पन्न भएको हो ।

रामपुर नगरपालिकाको ८ लाख र १ लाख ४० हजार बराबरको लागत सहभागिता गरि ९ लाख ४० हजारको लागतमा कल्भर्ट निर्माण भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com