2

Logo २०८३ बैशाख १४ सोमबार
गर्मी बढेसंगै पहाडी जिल्ला पाल्पा रामपुरका विद्यालय बन्द

गर्मी बढेसंगै पहाडी जिल्ला पाल्पा रामपुरका विद्यालय बन्द


Sabalnews प्रकाशित मिति : सोमबार, जेष्ठ २९ २०८०
1.6K

पाल्पा ।

गर्मी बढेसंगै पाल्पाको रामपुर नगरपालिकाले नगरका सम्पूर्ण शैक्षिक संस्थाहरु ५ दिनका लागि बिदा दिएको छ ।

अत्याधिक गर्मी बढ्दै जादा विद्यालय सञ्चालनमा समस्या भएकोले  नगरका सामुदायिक सस्थागत र मन्टेश्वरी विदा दिएको रामपुर नगरपालिकाले जनाएको छ ।

शिक्षा शाखाको जेठ २८ गतेको निर्णय अनुसार एक सूचना जारी गर्दै २०८० जेष्ठ २९ गते देखि आउदो असार १ गते सम्म रामपुर नगरपालिका भित्र रहेका सम्पूर्ण सामुदायिक, संस्थागत तथा मन्टेश्वरीहरुमा विदा दिने निर्णय गरेको शिक्षा अधिकृत विकल काफ्लेले जानकारी दिनुभयो ।

पाल्पा पहाडी जिल्ला भएपनि रामपुर उपत्यका फाट रहेकोले गर्मी बढी हुने गर्दछ । नेपालभर अत्याधिक गर्मी बढेको र त्यसको प्रभाव रामपुर नगरपालिकामा पनि परेकोले विद्यालय सञ्चालनमा कठिनाई संगै विद्यार्थीको स्वास्थ्यमा असर पर्ने भएकोले बन्द गर्न सुझाब आए संगै बिदा दिइएको हो ।

विद्यार्थी संगठनहरु नेपाल विद्यार्थी संघ रामपुर र अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी युनियनले क्याम्पस सहित स्कुल बन्द गर्न सुझाएको थियो । आउदो बर्षे र हिउदे विदामा मिलान हुने गरी विदा गर्मीमा दिइएको नगरले जनाएको छ ।

नगर शिक्षा शाखाले तातो हावा तथा लू बाट बच्न सतर्कताका सुझाबहरु दिन र विद्यार्थी, अभिभावक सम्म पुर्‍याउन विद्यालयहरुलाई अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com