2

Logo २०८३ बैशाख १३ आइतबार
आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आइपीओ निष्काशन गर्दै

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आइपीओ निष्काशन गर्दै


Sabalnews प्रकाशित मिति : शनिबार, जेष्ठ २७ २०८०
1.3K

काठमाडौं ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले असार १ गतेदेखि आइपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले कूल पूँजी ४ अर्बको ३० प्रतिशतका दरले प्रतिकित्ता २३६.९१ रुपैयाँमा १ अर्ब २० करोड बराबरको १ करोड २० लाख कित्ता आइपीओ विक्री गर्न लागेको हो । जसमा कम्पनीले करोड २० लाख कित्ता साधारण शेयको १० प्रतिशत अर्थात १२ लाख कित्ता वैदेशिक रोजगारीमा रहेकाहरुको लागि निष्काशन गर्नेछ ।

त्यस्तै, कम्पनीले ५ प्रतिशत अर्थात ६ लाख कित्ता सामुहिक लगानी कोषका लागि छुटाइएको छ भने ५ प्रतिशत अर्थात ६ लाख कित्ता कम्पनीका कर्मचारीहरुको लागि छुटाएको छ । बाँकी रहेको ९६ लाख कित्ता शेयर सर्वसाधारणका लागि विक्री गरिने कम्पनीले जनाएको छ ।

उक्त शेयरमा न्युनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ । उक्त शेयरमा वैदेशिक रोजगारीमा रहेकाहरुले असार १ गतेदेखि असार १५ गतेसम्म् आवेदन दिन सक्नेछन् । त्यस्तै सर्वसाधारण लगानीकर्ताले भने असार २० गतेदेखि छिटोमा असार २४ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त छिटो अवधिमा पनि सबैका लागि आवेदन नपरेमा साउन ४ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

 

कम्पनीले केयरएनपी ट्रिपल बि रेटिङ प्राप्त गरेको छ। उक्त रेटिङले समयमा नै वित्तीय दायित्व पूरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी जनाउँछ। आफ्ना लगानीकर्ताहरू तथा सम्पूर्ण हितकारीहरूको सुरक्षाको लागि आफ्ना जोखिमहरूलाई न्यूनीकरण गर्दै लगेको समेत उक्त रेटिङले थप पुष्टि गरेको कम्पनीले बताएको छ।

कम्पनीको शेय प्रत्याभुतिकर्तामा नागरिक लगानी कोष रहेको छ भने कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ । उक्त आइपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com