चापाकोट ८ मा गाईभैसी पालक कृषकलाई तालिम
स्याङ्जा ।
चापाकोट नगरपालिकाले व्यबसायिक गाईबस्तु पालक किसानलाई तालिम दिएको छ ।
व्यवसायिक गाईबस्तु पालेर आर्थिक रुपमा सबल बनाउने अभियानमा नगरपालिकाले किसानलाई तालिम दिएको हो ।
गरिबी निबारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत ५ दिनसम्म चलेको तालिम एक कार्यक्रमका बिच सम्पन्न भएको हो ।

चापकोट नगरपालिकाका नगर प्रमुख देव बहादुर खाण इश्वरले तालिम लिएर पशुपालक किसानलाई ज्ञान सीप अनुसारको व्यबहारमा उतार्न अनुरोध गर्नुभयो ।
चापाकोट नगर पालिका वडा नम्बर ८ को वडा कार्यालयले वडाका किसानलाई दूध पकेट क्षेत्रको रुपमा विकास गर्दै आर्थिक आयआर्जनमा सहयोग पुर्याउन तालिम दिएको वडा अध्यक्ष राजु न्यौपानेले जानकारी दिनुभयो ।
गरिबी निबारणका लागि लघुउधम विकास कार्यक्रमबाट किसानलाई व्यबसायिक गााई, भैैंसीपालन, रोग, उपचार, घास तथा नियमित रेेेखदेेेखका बिषयमा तालिम दिइएको जीवन डोटेलले जानकारी दिनुुुभयो ।