गुल्मीमा “जाउ हिड रेसुङ्गा”अभियानको रेसुङ्गा नगरप्रमुख पन्थीद्दारा शुभारम्भ
गुल्मी ।
गुल्मीमा “जाउँ हिड रेसुङ्गा” अभियान शुरु भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै गुल्मीलाई पर्यटन संग जोड्ने उद्देश्यले “जाउँ हिड रेसुङ्गा” अभियान चलाइएको हो ।
अभियानको विधिवत शुभारम्भ गर्दै रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थीले यस अभियानलाई सफल बनाउन सबैलाई आग्रह गर्नुभयो । पर्यटन क्षेत्रकाे माध्यमबाट रेसुङ्गा नगरपालिका सहित समग्र गुल्मी जिल्लाकाे विकास र समृद्धिमा याेगदान गर्न साथै धार्मिक, जैविक र प्राकृतिक छटाले भरिपूर्ण पुण्य तपाेभूमि रेसुङ्गाकाे भ्रमण र आर्थिक अचलायमान गराउन पनि अभियानको थालनी गरिएको पन्थीले जानकारी दिनुभयो ।
धार्मिक हिसाबले त्रेता युगदेखि श्री रामचन्द्र भगवानको भुमिबाट सिद्धी प्राप्ति होस् भन्ने हेतु र प्राकृतिक हिसाबले नेपालमा मात्र पाइने ‘काँडे भ्याकुर’ चरा लगायतका सयौं चरा सयौं जडिबुटी लगायत लालिगुराँसलाई प्रख्यात रेसुङ्गाको पर्यटकिय सम्भावनालाई उजागर गरि धार्मिक र प्राकृतिक पर्यटनमा लगानी गर्न र लगानी भित्र्याउन स्थानीय रेसुङ्गा नगरपालिकाले यो पहल थालेको हो । नगर सरकार गुल्मीको सदरमुकामको सरकार भएकोले समग्र गुल्मी र रेसुङ्गाको विकासका लागि सदैव प्रतिबद्ध रहेको पन्थीको भनाई छ ।
“समुन्नत रेसुङ्गा हाम्रो सान, उत्कृष्ट नगर सबैको पहिचान!” भन्ने उद्द्घोष सहित रेसुङ्गाको विकासमा नगरले विभिन्न अभियानहरु चलाएको छ ।