2

Logo २०८३ बैशाख १३ आइतबार
शिवराज अस्पतालमा डिजिटल एक्स-रे मेसिनको सेवा शुभारम्भ

शिवराज अस्पतालमा डिजिटल एक्स-रे मेसिनको सेवा शुभारम्भ


Sabalnews प्रकाशित मिति : शनिबार, जेष्ठ २० २०८०
2K

कपिलवस्तु ।

कपिलवस्तुको कृष्णनगर नगरपालिकाको बहादुरगंजमा रहेको  शिवराज अस्पतालमा डिजिटल एक्स-रे मेसिनको सेवा शुरु भएको छ ।

स्थानीय नागरिकलाई सुबिधा सम्पन्न स्वास्थ्य सेवा दिने उद्देश्यले अस्पतालमा एक्सरे मेसिन थप गरि सेवाको उदघाटन गरिएको शिवराज अस्पतालले जनाएको छ ।

डिजिटल एक्सरे मेसिनको कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाह र पुर्व सांसद अभिषेक प्रताप शाहले उदघाटन गर्नु भएको हो । सेवा उद्घाटन गर्दै नगरप्रमुख शाह र पुर्व सांसद शाहले अस्पतालमा राम्रो एक्सरे मेसिनको सेवाले यस भेगका लाखौ नागरिकलाई स्वास्थ्य सेवा लिन सहज र सरल हुने बताउनुभयो ।

एक्स-रे मेसिनको सेवाबाट कृष्णनगर नगरपालिका नागरिक सहित छिमेकी पालिका र जिल्लाका नागरिकले सेवा पाउनेछ । राम्रो एक्सरे सेवा लिन बिरामी सदरमुकाम सहित बुटवलका अस्पताल र मेडिकलमा धाउनुपर्ने बाध्यता थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com