शिवराज अस्पतालमा डिजिटल एक्स-रे मेसिनको सेवा शुभारम्भ
कपिलवस्तु ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकाको बहादुरगंजमा रहेको शिवराज अस्पतालमा डिजिटल एक्स-रे मेसिनको सेवा शुरु भएको छ ।
स्थानीय नागरिकलाई सुबिधा सम्पन्न स्वास्थ्य सेवा दिने उद्देश्यले अस्पतालमा एक्सरे मेसिन थप गरि सेवाको उदघाटन गरिएको शिवराज अस्पतालले जनाएको छ ।

डिजिटल एक्सरे मेसिनको कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाह र पुर्व सांसद अभिषेक प्रताप शाहले उदघाटन गर्नु भएको हो । सेवा उद्घाटन गर्दै नगरप्रमुख शाह र पुर्व सांसद शाहले अस्पतालमा राम्रो एक्सरे मेसिनको सेवाले यस भेगका लाखौ नागरिकलाई स्वास्थ्य सेवा लिन सहज र सरल हुने बताउनुभयो ।
एक्स-रे मेसिनको सेवाबाट कृष्णनगर नगरपालिका नागरिक सहित छिमेकी पालिका र जिल्लाका नागरिकले सेवा पाउनेछ । राम्रो एक्सरे सेवा लिन बिरामी सदरमुकाम सहित बुटवलका अस्पताल र मेडिकलमा धाउनुपर्ने बाध्यता थियो ।