2

Logo २०८३ बैशाख १४ सोमबार
पिकअपले मोटरसाइकललाई ठक्कर दिदा एकको मृत्यु

पिकअपले मोटरसाइकललाई ठक्कर दिदा एकको मृत्यु


Sabalnews प्रकाशित मिति : शुक्रबार, जेष्ठ १९ २०८०
568

नवलपरासी ।

रामग्राम नगरपालिका वडा नं. १० मा सडक दुर्घटनामा परि एक जनाको मृत्यू भएको छ ।

शुक्रवार विहान ३ः५० बजे भूमही भैरहवा हुलाकी सडक खण्डमा पूर्ववाट पश्चिम तर्फ जाँदै गरेको लु.७० प ४०५४ न.को मोटरसाईकललाई लु.१ च ६७९९ नं.को बोलेरो पिकअपले ठक्कर दिंदा रामग्राम नगरपालिका वडा नं. १६ हकुई बस्ने ३३ बर्षका केशवप्रसाद यादवको जिल्ला पृथ्वीचन्द्र अस्पतालमा उपचारको क्रममा मृत्यू भएको प्रहरीले जनाएको छ ।

मोटरसाईकल सवार रामग्राम नगरपालिका वडा नं. १६ हकुई बस्ने ३० बर्षिय इन्दल चौधरीको अवस्था गम्भीर रहेकोले उहाँलाई भैरहवा मेडिकल कलेज रिफर गरिएको छ भने अर्का घाइते हकुई बस्ने ३५ बर्षिय नेमनारायण चौधरीलाई मुटुको समस्या भएकोले काठमाण्डौ रिफर गरिएको प्रहरीले जनाएको छ । मोटरसाईकलमा तीन जना सवार भएको हुनसक्ने बताइएको छ ।

मोटरसाईकललाई ठक्कर दिएर फरार भएका सिद्धार्थ नगरपालिका भैरहवा वडा नं. ६ बस्ने २९ बर्षिय शंकर कोहारलाई प्रहरीले शुक्रवार दिउसो सवा २ बजे भूमहीबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी भोजराज पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार रातिको समयमा घटना भएकोले सिसिटिभी फूटेजलाई फलो गरी फरार रहेको बोलेरो पिकअपलाई झण्डै ११ घण्टामा नियन्त्रणमा लिन सफल भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com