रामपुर नगरको मुख्य उपलब्धि: एक नम्बरमा लालपुर्जा बितरण
पाल्पा ।
रामपुर नगरपालिकाले सार्वजनिक गरेको एक बर्षको मुख्य उपलब्धिको पहिलो नम्बरमा पुर्जा बिहिन रामपुरमा लालपुर्जा बितरणलाई राखेको छ ।
नगरपालिकाको समन्वयमा राष्ट्रिय भुमी आयोग पाल्पाले पाल्पामा रामपुरबाट लालपुर्जा बितरण गरेको विषयलाई प्रमुख उपलब्धीको पहिलो नम्बरमा राखेको हो ।
पहिलो चरणमा साविक रामपुर गाविस हालको रामपुर नगरपालिकाको वडा नम्बर ५,६ र ७ का ६ सय १६ जनालाई पुर्जा बितरण गरेको छ ।
दोश्रो स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि आएको एक बर्ष पुगेको अवसरमा नगरपालिकाले गरेका विभिन्न २९ उपलब्धि बिहिबार सार्वजनिक गरेको थियो ।
।
५० वर्षाै देखि लालपुर्जा बिहिन अव्यवस्थित जग्गाधनीलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गरेको हो । गत पौष ८ गते १ सय ६४ र माघ १० गते ९८ वटा र जेठ ३ गते गरि ६ सय १६ पुर्जा बितरण गरेको थियो ।
राष्ट्रिय भुमि आयोग गठन आदेश २०७५ अनुसार काम गरेको आयोगले पहिलो चरणमा निवेदन दिएका ७ सय ८३ मध्ये हालसम्म प्रक्रिया पुरा गरेकालाई पुर्जा वितरण गरेको राष्ट्रिय भुमी आयोग जिल्ला समिति पाल्पाका अध्यक्ष मोहनलाल गैरेले जानकारी दिनुभयो । पुर्जा बिहिन जिल्लाकै पहिलो व्यापारिक केन्द्र रामपुरमा वि.स.२०७१/२०७२ सालदेखि बनेको आयोग मार्फत पुर्जा वितरणको लागि निवेदन आह्वान हुदै आएको थियो ।
रामपुर नगरपालिकाका ५७ भुमिहिन दलित, ६१ भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी ४ सय २७ जनाको इन्ट्री भएको छ । अहिले अव्यवस्थितलाई जग्गाधनीलाई पुर्जा दिएको हो ।
उहाँले २० प्रतिशत सम्म राजस्व अनुसार ६ सय १६ पुर्जा वितरणमा १० करोड २४लाख ९ हजार ६ सय ३७ रुपँया राजस्व संकलन भएको बताउनुभयो । जहाँ ९४ रोपनी, १३ आना, २ पैसा ९८ दाम क्षेत्रफल जग्गाको पूर्जा वितरण भएको छ । रसिदको भरमा किनबेच भई १० बर्षदेखि भोगचलन गर्दै सो जग्गामा बसोबास गर्दै आएका र ८/१० पटक किनबेच समेत भएको जग्गाले नामसारीमा केहीको समस्या पनि देखिएको छ ।
आयोग अनुसार संयुक्त दम्पती दुवैको नाम पुर्जामा लेखिने हुँदा काम पुरा भएको तर दम्पती मध्ये १ जना बाहिर भएको र राजस्व दाखिला गर्न नसकेका करिव ३९ पुर्जाको काम पुरा भैसकेको छ तर लगिएको छैन । झण्डै काम सकिएका तर केही कागजमा कमी देखिएका ६८ पुर्जाको पनि प्रमाण जुटाउने काम भैरहेको छ ।
बि.स.२०५५ साल सम्ममा तत्कालिन समयमा रामपुर गाउँ पञ्चायत, गाविस, शहिद बहुमुखी क्याम्पस, रामतुलसी मा.वि., दरैठाँटी मा.वि., आधारभूत मावि, नवदुर्गा मावि लगाएतका विद्यालयहरुले विद्यालय सञ्चालनको लागि विक्री गरेका थिए ।
भुमि आयोग गठन आदेश ०७८ अनुसार हुनेको मुल्याङ्कनको आधारमा ८ देखि २०० प्रतिशत राजस्व दाखिला गर्नुपर्ने प्राबधान छ ।