2

Logo २०८३ बैशाख १३ आइतबार
वैदेशिक रोजगारमा जानेलाई सजक बनाउदै प्रदेश सीप विकास तालिम प्रतिष्ठान

वैदेशिक रोजगारमा जानेलाई सजक बनाउदै प्रदेश सीप विकास तालिम प्रतिष्ठान


Sabalnews प्रकाशित मिति : शुक्रबार, जेष्ठ १२ २०८०
3.1K

पाल्पा ।

बैदेशिक रोजगारीमा जाने नेपालीको संख्यालाई मध्यनजर गर्दै व्यवसायिक सीप विकास तालिम प्रतिष्ठान बुटवलले पाल्पाको रामपुरमा युवाहरुलाई वैदेशिक रोजगार सम्बन्धी सहजीकरण गरेको छ ।

सकेसम्म स्वदेशमै रोजगार गरौं, बिदेश जानुपर्ने अबस्थामा वैदेशिक रोजगारीलाई सहज र सुरक्षित बनाउन युवाले सिक्नै र जान्नै पर्ने बिषय युवालाई जानकारी दिईएको हो । विदेश जान चाहाने युवाहरुलाई प्रतिष्ठानले रामपुर नगरपालिकाका सम्बन्धित वडा कार्यालयको समन्वयमा  अभिमुखिकरण कार्यक्रम चलाएर बिदेश जादा आवश्यक पुर्ण तयारीका बारेमा जानकारी दिइएको छ ।

रामपुर नगरपालिका वडा नं. ५ , ६ र ७ का युवाहरुलाई वैदेशिक रोजगारीमा जानु अघि हुने प्रक्रिया, श्रमस्वीकृति, मेन पावर छनौट, कामको प्रकृति, प्लेनमा चढ्दा तथा गन्तव्य मुलुकमा पुगेपछि ध्यान दिनुपर्ने कुरा, भने अनुसारको काम नभएमा सम्पर्क राख्ने तरिका, राजदुतावाससंगको समन्वय लगाएतका विषयमा जानकारी दिईएको हो ।

कार्यक्रममा व्यवसायीक सीप विकास तालिम प्रतिष्ठान बुटवलका शाखा अधिकृत सुमन पन्त, प्रशिक्षकहरु राजु पन्थी, दिपक नेपाली र भोजराज न्यौपानेले सहजिकरण गर्दै रोजगारमा जान चाहने युवाले सीप सिकेर बिदेश जादा काम गर्न सहज हुने हुँदा बिना सीप जानू भन्दा दक्ष भएर भुझेर जान अनुरोध गर्नुभएको थियो ।

रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले काम सानो होस् या ठूलो काम गर्नुपर्ने बताउनुभयो । केही गर्न चाहने युवालाई नगरपालिकाले सहयोग गरिरहेको उल्लेख गर्नुभयो ।

रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले युवाहरुलाई उद्यमी बनाउन नगरपालिकाले तालिम तथा युवा स्वरोजगार कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । थापाले देशमा रोजगार सृजना नहुँदा विदेश जानु पर्ने बाध्यता कायमै रहेको भन्दै जाँदा प्रक्रिया बुझेर, कानुनी प्रक्रिया पार गरेर मात्र जान अनुरोध गर्नुभयो ।

रामपुर नगरपालिका वडा नम्बर ५,६ र ७ का झण्डै ४ सय युवा सहभागी तालिममा रामपुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष दुर्गा प्रसाद पोखरेल, वडा नं. ७ का वडा अध्यक्ष दोवराज तिवारी वडा नम्बर ६ का अध्यक्ष दिवाकर देवकोटाले बैदेशिक रोजगारी नेपालीको बाध्यात्मक अबस्थाले सिर्जना गरेको बताउदै आफू कुन काममा जादैछु भन्ने देखि सबै बुझेर ढुक्क भएर जान आग्रह गर्नुभयो । उहाँहरुले विदेश जाने नै भए पूर्व तयारी गरी सीप सिकेर मात्र सफल बैदेशिक यात्रा तय गर्न अनुरोध गर्नुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com