2

Logo २०८३ बैशाख १३ आइतबार
रामपुरले २ सय कुइन्टल बढी धानको बीउ बितरण गर्दै

रामपुरले २ सय कुइन्टल बढी धानको बीउ बितरण गर्दै


Sabalnews प्रकाशित मिति : बुधबार, जेष्ठ ३ २०८०
1.8K

पाल्पा ।

रामपुर नगरपालिकाले यस बर्ष किसानलाई अनुदान सहुलियतमा विभिन्न जातको २ सय कुइन्टल बढी धानको बीउ बितरण गर्ने भएको छ ।

बर्खासमयमा रोप्ने धानको बिउको लागि नगरपालिकाले गत चैतमा किसान संग निबेदन माग गरेको थियो । सोही निबेदनको आधारमा नगरपालिका कृषि शाखामा आएका किसान, कृषि समूह र कृषि सहकारी मार्फत धानको बीउ बितरण गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले बताउनुभयो ।

यस भेगमा जेठ तेस्रो सातादेखि मसान्तसम्म बिउको बियाड राख्ने गरिन्छ । सोही समयलाई मध्यनजर गर्दै बीउ बितरण गर्ने नगरपालिकाले जनाएको छ । ५० प्रतिशत अनुदानमा किसानको मागका आधारमा नगरपालिकाले ५ हजार ६ सय किलो सावा मनसुली, १ हजार ९१ किलो रामधान र १३ हजार ६ सय ४५ किलो सावित्री धान गरि २ सय ३ कुइन्टल ३७ किलो धानको बीउ बितरण गर्ने रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरी पाण्डेले जानकारी दिनुभयो ।

“किसानको माग अझ धेरै थियो, प्रमुख पाण्डेले भन्नुभयो- नगरपालिकाको बजेट र व्यबस्थापन थेग्न सक्ने गरि किसानलाई धानको बीउ बितरण गरिन लागेको हो । जेठ दोस्रो सातादेखि बीउ धान बितरण गर्ने उहाँले बताउनुभयो ।
रामपुर नगरपालिकाका कृषक, कृषि समूह र कृषि सहकारी गरि ४ सय ३८ वटा सो अबधिमा किसान,समूह र सहकारी मार्फत शाखामा निबेदन दिएका थिए । समूह र सहकारीमा आवद्ध किसान समेत गरि १ हजार ४१ जना लाभग्राहीले अहिले सहुलियतमा धानको बीउ पाउनेछ्न् ।

नेपाल सरकारले नापजाच गरि गुणस्तर मापदण्ड पूरा गरेका सस्था मार्फत तोकेको मापदण्ड अनुसार धानको बीउ ल्याईएको हो । उत्पादन बढाउन उन्नत जातको बीउ सहयोग अन्तर्गत मापदण्ड पूरा गरेका रुपन्देही र नवलपरासी जिल्लाका तोकिएका केन्द्रबाट धान ल्याइएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com