2

Logo २०८३ बैशाख १३ आइतबार
१५ शैयाको रामपुर आयुर्वेद अस्पतालमा बहिरंग सेवा शुरु

१५ शैयाको रामपुर आयुर्वेद अस्पतालमा बहिरंग सेवा शुरु


Sabalnews प्रकाशित मिति : शुक्रबार, बैशाख २९ २०८०
883

पाल्पा ।

रामपुर आयुर्वेद अस्पताल रामपुर पाल्पामा बहिरंग सेवा शुरु भएको छ । गत माघमा निर्माण सम्पन्न भएको भवन निर्माण कार्यालयले फागुनमा स्थानीय तह रामपुर नगरपालिकालाई हस्तान्तरण गरेकोमा अहिले बहिरंग सेवा शुरु गरेको हो ।

सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीले शिवशक्ति कन्स्ट्रक्सन प्रालि मार्फत ११ करोड ३३ लाख ४९ हजार ९३ रुपैयाँमा भवन निर्माण गरेको थियो ।

सुविधा सम्पन्न १५ शैंयाको ३ तले भवन निर्माण भएपछि प्रभावकारी सेवा दिन नयाँ भवनबाट सेवा शुरु गरेको अस्पतालले जनाएको छ । शुक्रबार देखि बहिरंग सेवा शुभारम्भका अवसरमा विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविर समेत चलेको छ ।

 

सेवा शुभारम्भ गर्दै लुम्बिनी प्रदेश सभाका सदस्य राजु प्रसाद श्रेष्ठले आयुर्वेद अस्पतालको भौतिक संरचना तयार भएसँगै प्राविधिक र आवश्यक सामाग्री व्यवस्थापनमा आफुले प्रदेश र केन्द्र सरकारसँग पहल गर्न अग्रसर हुने बताउनुभयो । नियमित संचालन गर्न चुनौती रहेपनि अब तत्काल चाहिने र गर्नुपर्ने कामबारे प्राविधिक, अस्पताल, स्थानीय सरकारसँग बस्न चाहेको बताउनुभयो । लुम्बिनी प्रदेशको नमुना आयुर्वेद औषधालयको रुपमा स्थापित गर्न सवैले छलफल, सहकार्य र समन्व्य गरेर अगाडी बढ्नु पर्ने उहाँको भनाई छ ।

कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय आयुर्वेद तथा बैकल्पिक चिकित्सा महाशाखाका प्रमुख डाक्टर पुष्पराज पौडेलले लुम्बिनी अञ्चलकै पुरानो अस्पताल रामपुर आयुर्वेद औषधालय रहेको बताउनुभयो । विश्वमा मानिसमा नसर्ने रोग बृद्धि भईरहेको बताउदै नसर्ने रोगको निदान तथा उन्मूलनका लागि आयुर्वेद चिकित्साको महत्वपूर्ण भुमिका हुने बताउनुभयो । मानिसको स्वास्थ्यलाई स्वस्थ रुपमा बचाई राख्न आयुर्वेद सेवाले साथ दिने हुँदा यसको सदुपयोग गर्न सबैमा आग्रह गर्नुभयो ।

नरदेव आयुर्वेद चिकित्सालयका बरिष्ठ कन्सल्टेण्ट आयुर्वेद विज्ञ डाक्टर बुद्धि प्रसाद पौडेलले नागरिक र राष्ट्रको स्वास्थ्यप्रतिको भार घटाउन यसले महत्वपुर्ण भुमिका खेल्ने बताउदै विषेशज्ञ सहितको जनशक्ति आवश्यक रहने उल्लेख गर्नुभयो । लुम्बिनी प्रदेश आयुर्वेद स्वास्थ्य निर्देशनालयका निर्देशक गणेश प्रसाद सापकोटाले स्थानिय तहले सवै सँंग समन्वय गरेर अगाडी बढ्न आग्रह गर्नुभयो ।

रामपुर नगरपालिकाका निमित्त प्रसाशकीय अधिकृत रामहरि पाण्डेले मानव जीवन र स्वास्थ्यमा सहज सर्वशुलभ सेवा प्रदान गर्न आयुर्वेद अस्पताल लाग्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा नेपाली काग्रेंस रामपुर नगर सभापति नेत्र प्रसाद भट्टराई, रामपुर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष दोवराज तिवारी, वडा नं. ३ का वडाध्यक्ष दामोदर पाठकले आयुर्वेद अस्पतालबाट सहज र प्रभावकारी स्वास्थ्य सेवा दिने बिषयमा एकजुट लागिरहनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा रामपुर आयुर्वेद औषधालयका प्रमुख चेमन प्रकाश पोखरेलले आयुर्वेद सेवा प्रति पछिल्ला दिनमा नियमित आउने बढेको जानकारी दिनुभयो । औषधालय व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष तथा वडा नं. ५ का वडाध्यक्ष दुर्गा प्रसाद पोखरेलले सरल सेवा र ज्ञानका बारेको जानकारी दिनुभयो । तीनतले भवनमा आवश्यक कोठा, भान्सा, शौचालय, योगा हल, अपरेशन कक्ष, एक्सरे कक्ष, बैठक हल, ल्याबकक्ष लगायतका ६८ कोठा रहेको छ ।

विसं २०७६ पुस २५ गते ठेक्का सम्झौता गरि २०७७ को मङ्सीरदेखि पुनः भवन निर्माण थालिएको थियो । आयुर्वेद अस्पतालमा नवौँ तह सम्मका डाक्टर, कविराज, वैद्य, प्राविधिक, कार्यालय सहयोगीसहितले सेवा प्रदान गर्नेछन् । आयुर्वेदिक तथा प्राकृतिक अस्पतालबाट पञ्चकर्म सेवा, आकस्मिक सेवा, ओपिडी, एक्सरे, ल्याबलगायत सेवा सञ्चालन गरिनेछ ।

यसैबिच, सेवा शुभारम्भका अबसरमा रामपुर नगरपालिका र पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्रको संयुक्त आयोजनामा विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा पाल्पा, स्याङ्जा, तनहुँ लगाएतका स्थानबाट १ सय ६८ जनाले पञ्चकर्म सहित विभिन्न रोगको चेक जाँच तथा उपचार गराएका छन् । निशुल्क आयुर्वेदिक औषधि वितरण गरिएको छ । साथै नवनिर्मित भवनबाट नियमित बिबिध सेवा प्रदान गरिने भएको छ ।

पाल्पाको रामपुरमा वि.सं. २०१७ सालमा रामपुर आयुर्वेद औषधालयको रुपमा स्थापना भएको यो औषधालय २०२९ सालमा लुम्बिनी अञ्चल औषधालयको रुपमा आएकोमा २०४३ सेवा दिइरहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com