2

Logo २०८३ बैशाख १४ सोमबार
प्रदुषण रोक्न बुटवल उपमहानगरले गर्यो सुखौरा खोला सरसफाई

प्रदुषण रोक्न बुटवल उपमहानगरले गर्यो सुखौरा खोला सरसफाई


Sabalnews प्रकाशित मिति : बुधबार, बैशाख २७ २०८०
764

बुटवल ।

बुटवल उपमहानगरपालिकाले जथाभावी फालिएको फोहोरका कारण वातावरण प्रदुषण तथा विभिन्न रोगव्याधी निम्तिन सक्ने भएकाले सरसफाइ अभियान सञ्चालन गरेको छ ।

उपमहानगरले नगरको वडा नं ४, ६, ७ र ८ मा फैलिएको सुखौरा खोलाबाट अभियान शुरु गरेको हो । खोलामा जथाभावी फाल्ने फोहोर सढेगलेका सामान बस्तुले गर्मी बढ्दै गर्दा प्रदुषण फैलिने जोखिम बढेकोले अभियानको रुपमा सरसफाई गरिएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बताउनुभयो ।

वडा नं ४ आदर्शनगर क्षेत्रबाट शुरु गरिएको सरसफाइ खोलाक्षेत्रमा कम्तिमा ३ दिनसम्म गरिनेछ । अभियानमा बुटवल उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, महाशाखा प्रमुखहरु, कर्मचारीहरु, सरसफाइकर्मी, नगरप्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासिन्दालगायतको सहभागिता रहेको छ ।

नगर प्रमुख पाण्डेयले बिहानको समयमा ३ दिनसम्म सुखौरा खोला सरसफाइ गर्ने, त्यसपछि बुटवलको बसपार्क, पुलहरु, भित्री सडक तथा गल्लीहरु र मुख्य राजमार्गमा सरसफाइ अभियान सञ्चालन गर्ने बताउनुभयो । जथाभावी फोहोरमैला नफाल्न अनुरोध गर्दै उहाँले मनपरी फोहोरमैला फाल्नेलाई जरिवाना गराउन निर्देशन समेत दिनुभएको छ ।

अभियान अन्तर्गत बिहीबार बिहान ७ बजे वडा नं ६ को सीमाक्षेत्रदेखि सरसफाइ कार्यक्रम हुने उपमहानगरले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com