रिब्दीकोट ६ का एकल महिलालाई बाख्रा र बङ्गुर हस्तान्तरण
पाल्पा ।
रिब्दिकोट गाउँपालिका वडा न ६ को चालू आर्थिक बर्षमाएकल महिलालाई आयआर्जनमा सघाएको छ ।
चालु आ.व. २०७९/८० को रकमबाट एकल महिलालाई आयआर्जनमा सघाउन बङगुर तथा बाख्रा वितरण गरेको गाउँपालिकाका उपाध्यक्ष कान्ता अधिकारीले बताउनुभयो ।
एकल महिलाहरुको आम्दानी बढाउन र सानो लगानीको आयआर्जनबाटै घरखर्च र परिवार चलाउन सकिन्छ भन्ने ध्ययले माउ बाख्रा र बङगुरको पाठी बितरण गरेको हो ।
वडाले गतहप्ता उन्नत बङ्गुरको बच्चा र अहिले बाख्रा वितरण गरेको हो ।