2

Logo २०८३ बैशाख १४ सोमबार
आज बिश्व प्रेस स्वतन्त्रता दिवस, पाल्पामा दिप प्रज्वलन

आज बिश्व प्रेस स्वतन्त्रता दिवस, पाल्पामा दिप प्रज्वलन


Sabalnews प्रकाशित मिति : बुधबार, बैशाख २० २०८०
610

पाल्पा ।

नेपाल पत्रकार महासंघ पाल्पा शाखाले दीप प्रज्वलन गरी विश्व प्रेस स्वतन्त्रता दिवस मनाएको छ । महासंघले बुधबार साँझ तानसेनको शितलपाटीमा दीप प्रज्वलन गरी दिवस मनाएको हो ।

दीप प्रज्वलन कार्यक्रममा शाखाका पूर्व अध्यक्ष गोविन्द भट्टराईले पछिल्लो समय पत्रकारहरु असुरक्षित रहेको बताउनुभयो । उहाँले समाचार लेखेकै भरमा पत्रकारहरुलाई धम्की आउने, आक्रमण हुने जस्ता गतिविधिहरु भएकाले स्वतन्त्र र निष्पक्ष भएर काम गर्ने वातावरण सरकारले सिर्जना गरिदिनुपर्नेमा जोड दिनुभयो।

पत्रकार महासंघ शाखा अध्यक्ष रेखीराम रानाले राज्यले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्नुपर्ने बताउनुभयो । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्यालले विगतमा भएका गतिविधिहरुको समीक्षा गरेर अगाडि बढ्नुुपर्ने धारणा व्यक्त गरे । महासंघका उपाध्यक्ष भरत शर्माले श्रमजीवी पत्रकारको अधिकार संरक्षणका लागि सबै एक भएर अगाडि बढ्नुपर्ने बेला आएको बताउनुभयो ।

कार्यक्रममा जिल्लाका पत्रकारहरुको उपस्थिती रहेको थियो । महासंघका सचिव यज्ञमूर्ति तिमिल्सीनाको सञ्चालनमा कार्यक्रम भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com