2

Logo २०८३ बैशाख १३ आइतबार
काफल टिप्ने क्रममा खसेर एक जनाको ज्यान गयो

काफल टिप्ने क्रममा खसेर एक जनाको ज्यान गयो


Sabalnews प्रकाशित मिति : सोमबार, बैशाख १८ २०८०
477

पाल्पा ।

पाल्पाको रैनादेवी छहरा गाउँपालिका-३ मा काफल टिप्ने क्रममा रुख बाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका-३ छचुवा बस्ने मंगल कुमालको छोरा १८ वर्षिय सुर्य कुमाल रहेका छन् ।

सोमबार दिउँसो घर नजिकैको जंगलमा काफल टिप्ने क्रममा काफलको रुख बाट खसेर उनी घाईते भएका थिए । उनलाई उपचारको लागि मिसन अस्पताल तानसेन ल्याईएकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

घटना सम्बन्धी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com