2

Logo २०८३ बैशाख १३ आइतबार
सामुदायिक वन उपभोत्ता महासंघ पाल्पाको छैटौं अधिबेशन सम्पन्न

सामुदायिक वन उपभोत्ता महासंघ पाल्पाको छैटौं अधिबेशन सम्पन्न


Sabalnews प्रकाशित मिति : आइतबार, बैशाख १७ २०८०
869

पाल्पा ।

सामुदायिक वन उपभोत्ता महासंघ पाल्पाको शनिवार सम्पन्न छैटौं अधिबेसनले कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षतामा २४ सदस्यीय समिति सर्वसहमतिमा चयन गरेको छ ।

समितिको उपाध्यक्षमा हरि प्रसाद पराजुली, सचिवमा लक्ष्मी ज्ञवाली, कोषाध्यक्षमा बिनु गौतम र सदस्यहरुमा मित्रा ढकाल, यज्ञमुर्ति घिमिरे, लितविर राना, रेनुका सारु, दिल बहादुर लाम्टाङे, मिन बहादुर दर्लामी, पवित्रा रायमाझी, दुर्गा न्यौपाने, अच्युत ढुङाना, अमिता कार्की, टिकाराम पोखरेल, जगत रम्जन र नारायणी गहतराज निर्वाचित हुनुभएको हो । अन्यलाई मनोनित गर्ने समितिले जनाएको छ ।

अधिबेसनको उद्घाटन गर्दै सामुदायिक वन महासंघ नेपालका केन्द्रिय सचिव ठाकुर भण्डारीले वनहरु अब पर्यापर्यटन, कृषि वन र उद्यम विकास सँग जोडिनुपर्ने बताउनुभयो । अब वन गोडेर जोगाएर मात्र होइन आम नागरिकमा समृद्धि ल्याउन समृद्ध बनसँग जोडिनुपर्ने उहाँको भनाई थियो । केही वन अध्यक्षका मात्र हुन्छन् वनका कुरा अध्यक्ष बाहेक कसैलाई थाहा हुदैन अब त्यसो नगरौं भण्डारीले भन्नुभयो–अब विधान, कार्ययोजनामा शैलीमा बहस गरौं वन उपभोत्ताको हो, साथै स्थानीय तह र राज्यको पनि हो सबैलाई फलदायी हुने किसिमले लागौं । सामुदायिक वन महासंघ सदैव उपभोत्ताको हितमा काम गर्दै आएको छ भण्डारीलले भन्नुभयो–राज्यले ढाड सेक्ने गरि लिने कर, वन संरक्षण सँगै काटछाट र गोडमेलबाट उपभोत्ताको अत्यावश्यकमा गर्न सकिने सहजता सहयोगका बारेमा महासंघले सहज बनाएको हो । वर्षाैदेखि वनको रेखदेख गर्नेलाई साझेदारी वन, बैज्ञानिक वन होस् वा चुरे घोषणाको नाममा उपभोत्तालाई मारमा पारेको बताउदै उहाँले उपभोत्ता, समुदाय, स्थानीय तह विरोधी ऐन नियमावली कार्यान्वयन नगर्न आग्रह गर्नुभयो ।

पाल्पा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले सामुदायिक वनहरु समुदायको हितमा सदैव लागेको उल्लेख गर्दै आम नागरिक उपभोत्ता र समुदायको हितको पक्षमा समन्वय समिति सधै सँगसँगै रहने बताउनुभयो ।

डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायण देव भट्टराईले उपभोत्ताले नै हेरचाह उपभोग गर्दै आएको वनको बढी माया उपभोत्तालाई धेरै हुने बताउनुभयो । नाङगो पाखोलाई हरियाली बनाउने उपभोत्तालाई साथ दिने वन कार्यालय जिल्लामा सुस्ताएको पाएपछि मैले साथ र काम दिन दैनिक कर्मचारीर्ला फिल्डमा खटाउने प्रयत्न गरेको छु भट्टराईले भन्नुभयो । सरकारी नुन खाएको कर्मचारी ढिलासुस्तीमा होइन रिजल्ट ल्याउने गरि काम गर्नुपर्छ उहाँले थप्नुभयो–काममा कर्मचारी, उपभोत्ता सबै मिलेर जिल्लालाई नमुना बनाऊ । पाल्पामा यस बर्ष डढेलो अतिक्रमण बढेको र यसमा छिटो प्रगति नदेखिएको प्रति चिन्तित हुदै जिल्ला वन प्रमुख भट्टराईले वन डढेलो कसैको पनि हितमा नहुने भएकाले डढेलो लाग्नै नदिन र तत्काल समाधानमा साथ दिन सबै मिलेर लाग्न अनुरोध गर्नुभयो ।

सामुदायिक वन महासंघ नेपाल केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठले सामुदायिक वनको कर्मले धेरैलाई नेता बनाएको बताउदै वन संरक्षण र स्वच्छ वातावरण सिर्जनामा उपभोत्ताको महत्वपुर्ण भुमिका रहेको बताउनुभयो । सामुदायिक वन महासंघ लुम्बिनी प्रदेश महासचिव राम मल्ल ठकुरीले पहाडी जिल्लाका बनहरुले देश विदेशमा समेत स्वच्छ हावा पुर्‍याउदै समाजमा महत्वपुर्ण सहयोग गरेको बताउनुभयो । यही बैशाख २० गते प्रदेश अधिबेसनको तयारीमा आफुहरु रहेकोले पाल्पा वन महासंघलाई नमुना बन्दै अगाडी बढ्न उहाँले आग्रह गर्नुभयो ।

महासंघका पुर्व अध्यक्ष मुना रायमाझीले महिलाले गर्न सक्दैनन् होइन गर्न सक्छन् भन्ने ध्येयले वन महासंघले देशमा नै नमुना मुख्य पदमा कम्तिमा १ महिला सहित ५० प्रतिशत अनिवार्य महिला समितिमा ल्याएको बताउदै झण्डै महिलाले नै रेखदेखमा धानेको सामुदायिक बनहरुको समितिमा महिला आउन हिम्मत गर्न अनुरोध गर्नुभयो ।

वन महासंघ पाल्पाले योगदानको स्मरण गर्दै महासंघका पुर्व अध्यक्षहरु मुना रायमाझी र कृष्णराज बस्याललाई सम्मान गरेको छ । सामुदायिक वन उपभोत्ता महासंघ पाल्पाका अध्यक्ष निरञ्जन भुषालको अध्यक्षतामा भएको छैटौं अधिवेसनले अध्यक्ष भुषालको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष लक्ष्मी ज्ञवालीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पास गरेको छ ।

वन महासंघ पाल्पाका अध्यक्ष निरञ्जन भुषालको अध्यक्षतामा भएको कार्यक्रम महासंघका सदस्य टिकाराम पोखरेलको स्वागत र वन महासंघ पाल्पाका सचिव उमा बि.सी.को सञ्चालन भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com