राधा घनश्याम मन्दिर केलादीमा श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ सुरु
पाल्पा ।
रामपुर नगरपालिका बडा न ३ केलादी धाम राधा घनश्याम मन्दिरमा श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ।
रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले महायज्ञ उद्घाटन गर्दै कालीनदी किनारमा रहेको धार्मिक स्थल महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले यस धार्मिक क्षेत्रलाई प्रर्यटन प्रबर्द्धनका लागि पहल गरेको बताउनुभयो । धर्म सस्कार सस्कृति बचाउन मानिसमा बिबेक बिचार भाबना सुधार हुनुपर्छ भन्दै पालिकाको तर्फबाट मन्दिरको विकास गौसाला संरक्षणका निमित्त सहयोगार्थ १ लाख ११ हजार रकम प्रदान गर्ने घोषणा गर्नुभएको छ।
राधा घनस्याम मन्दिर प्राङ्गणमा भएको कार्यक्रममा रामपुर नगर पालिका वडा न ३ अध्यक्ष दामोदर पाठक, समाजसेवी उमनाथ अर्याल पण्डित कथा बाचक राधा सरण काफ्ले लगाएतले भनाइ राख्दै कार्यक्रको सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।
मन्दिर ब्यबस्थापन समिति अध्यक्ष प. छबिरमन उपाध्याय सुबेदीको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेबी बोधराज सुबेदिले स्वागत र सन्चालन यज्ञ ब्यबस्थापन साथै प्रचार- प्रसार समितिका सचिब समीर पौडेलले गर्नुभएको थियो।
श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ बैशाख १५ देखि आउँदो २२ सम्म सन्चालन हुनेछ।