2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पाको तानसेनमा “पाल्पा महोत्सव” शुरु, पर्यटन र शिथिल अर्थतन्त्र उकास्ने संकल्प (फोटो फिचर)

पाल्पाको तानसेनमा “पाल्पा महोत्सव” शुरु, पर्यटन र शिथिल अर्थतन्त्र उकास्ने संकल्प (फोटो फिचर)


Sabalnews प्रकाशित मिति : बिहिबार, बैशाख १४ २०८०
1.6K

पाल्पा ।

पाल्पाको तानसेनमा १३ औं पाल्पा महोत्सव सुरु भएको छ । आउदो बैशाख २४ गतेसम्म चल्ने महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले उद्घाटन गर्नुभयो ।

पाल्पा उद्योग वाणिज्य संघको मुख्य आयोजना र महासंघको आयोजना तथा जिल्लाका संघ सस्थाको समन्वयमा भएको महोत्सवको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय वस्तुगत उपाध्यक्ष ढकालले स्थानीय स्तरमा हुने यस्ता महोत्सवले स्थानीय उत्पादन बजार लाने, पहिचान बढाउदै आर्थिक स्तर उकास्नमा मद्धत पुर्‍याउनुपर्ने बताउनुभयो । निजि क्षेत्रले देशको अर्थतन्त्रमा ठूलो हिस्सा ओगटेको बताउदै उहाँले उद्योगी, व्यबसायीको हितको लागि महासंघ निरन्तर लागिपरेको स्मरण गराउदै आफ्नो ठाउँ गाउँको विकास र हितको लागि संघहरु आर्थिक सबलिकरण र सामाजिक क्षेत्रमा सक्रिय हुन आग्रह गर्नुभयो । भुमी बैंकको अबधारणा अघि बढाउनुपर्नेमा जोड दिदै ढकालले सबै क्षेत्र देशको समृद्ध विकासमा एकजुट हुन आह्वान गर्नुभयो ।

कार्यक्रममा पाल्पाका प्रदेश सभा सदस्यहरु राजु प्रसाद श्रेष्ठ, खेम बहादुर सारु, इन्द्रा गहतराज, पुर्व मन्त्री सोम प्रसाद पाण्डे, पुर्व साम्सद नारायणी शर्मा, यादब बहादुर रायमाझी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यहरू मोहनप्रसाद श्रेष्ठ, उज्वलमान कसजु, केशव भण्डारी, नेपाली काङ्ग्रेसका उपसभापति झपेन्द्र गहिरे, नेकपा एमाले जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरे, नेकपा माओबादी केन्द्रका जिल्ला संयोजक राजेन्द्र वि.क,

राप्रपा अध्यक्ष डुल बहादुर कुवर, एकीकृत समाजबादी अध्यक्ष खिमानन्द पाण्डे, राष्ट्रिय जनमोर्चाका अध्यक्ष विशाल दर्लामी, पाल्पाका जिल्ला समन्वय समिति संयोजक टंकनाथ खनाल, तानसेन नगरपालिकाका उपप्रमुख प्रतीक्षा सिङ्जाली,पाल्पा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष राजु महर्जन, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल, नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रेखीराम राना, पाल्पा व्यापार संघका अध्यक्ष बामदेब बस्याल लगायतले बोल्दै मेला महोत्सव स्थानीय व्यापारी व्यबसायीको हितमा हुने र यसले शिथिल अर्थतन्त्रलाई चलायमान गराउदै जिल्लाको समग्र विकास र पहिचानको लागि कोशेढुङ्गा हुने बताउनुभएको थियो ।

महोत्सव उद्घाटन अघि जिल्लाका नेता कार्यकर्ता, जनप्रतिनिधी, विभिन्न संघसंस्थाका प्रतिनिधी, टोल विकास सस्थ, कृषि समूह, महिला समूह, विद्यालय, लगायतले पाल्पाको व्यापार व्यबसाय चलायमान गराउने उद्घोष सहित पहिचान झल्कने पोषाक र प्लेकार्ड लिएर बजार परिक्रमा गरेका थिए ।

स्थानीय उत्पादनका बस्तु ढाका, कारागारको मुढा, हरिया तरकारी फलफुल,  सहितका बिबिध व्यापार व्यबसाय र सेवाको २ सय ८० स्टल रहेको महोत्सवमा ११ वटा होटेल स्टल रहेको छ । जहाँ राष्ट्रिय, बहुराष्ट्रिय उत्पादनको समेत प्रदर्शनी  भएको प्रचारप्रसार उपसमिति संयोजक विदुर घिमिरेले जानकारी दिनुभयो । उहाँले महिला उद्यमी, घरेलु उद्योग, कुटीर उद्योग, कृषि उद्यमीद्धारा उत्पादित वस्तुको प्रदर्शनीले जिल्लामा यसको थप व्यापार फस्टाउन मद्धत पुर्‍याउने बताउनुभयो । बैंक तथा वित्तिय संस्थाहरु, अटो माबाईल्सका स्टल र नेवारी तथा मगरी खानाका परिकारहरु समेत स्टलमा रहेको छ ।

११ दिनसम्म चल्ने महोत्सवलाई प्रभाबकारी बनाउन, थप आकर्षक र सफल बनाउन स्थानीय सस्थाका नाच र राष्ट्रिय चर्चित कलाकारको प्रत्येक दिन प्रस्तुति रहने सास्कृतिक संयोजक भिम बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

हरियो दुबो मौलाउदै गरेको टुडिखेलको सौन्दर्यलाई संरक्षणमा जोड दिदै दुबो क्षेत्रलाई संरक्षणको लागि बारबेर गरि सो को पुर्व क्षेत्रमा पश्चिम फर्काइएको मञ्चको दायाँ भागमा बालउद्यान राखिएको छ । बिहिबार महोत्सव उद्घाटनकै अबसरमा डुङ्गा र रेल खेलमा दर्शकले मज्जा लिईरहेका देखिन्थे ।

आन्तरिक उत्पादनलाई बजारीकरण गर्न र थप व्यबसायिक बन्न हौसला थप्ने बिश्वास लिईएको यो मेलामा ३ लाख पर्यटक र १० करोडको कारोबार हुने लक्ष्य लिईएको छ ।

पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका संयोजक शैलेन्द्र भट्टराईको अध्यक्षतामा भएको महोत्सव उद्घाटन कार्यक्रममा धन्यवाद संघका उपाध्यक्ष भिम बहादुर श्रेष्ठले व्यक्त गर्नुभएको थियो भने संचालन महासचिव समिरमान सिंहले गर्नुभएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com