2

Logo २०८३ बैशाख १४ सोमबार
शैक्षिक सत्र सुरुवातमै माथागढी सरकार विद्यालय अनुगमनमा

शैक्षिक सत्र सुरुवातमै माथागढी सरकार विद्यालय अनुगमनमा


Sabalnews प्रकाशित मिति : बुधबार, बैशाख १३ २०८०
841

पाल्पा ।

माथागढी गाउँपालिकाले शैक्षिक सत्र २०८० को शुरुवातमा सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि अनुगमन तिव्र पारेकाे छ ।

विद्यालयलाई शैक्षिक गुणस्तरमा ध्यान दिन आग्रह गर्दै कक्षा प्रारम्भमा विद्यार्थी भर्ना अभियानको अवस्थाबारे बुझ्दै विद्यालय अनुगमनमा गाउँपालिका अध्यक्ष यमबहादुर चिदी सहितको जनप्रतिनिधिको टोली निस्केको हो ।

गाउँपालिका अध्यक्ष चिदीले सबैभन्दा पहिला विद्यालयमा समय अनुसारको गुणस्तरिय शिक्षा उपलब्ध गराउने वातावरण तयार गर्न सके विश्व बजारमा बिक्न सक्ने  बताउनुभयो । शैक्षिक सुधारका लागि गाउँपालिकाले विशेष प्राथमिकतामा राखेर परियोजना तथा कार्यक्रम सञ्चालन गरेको उहाँले बताउनुभयो ।

सामुदायिक विद्यालयमा विद्यार्थी संख्या, शिक्षक दरबन्दी र विद्यालयका नविनतम कार्य र शिक्षक बीच अनुगमनमा छलफल गर्ने गरिएको सामाजिक विकास संयोजक राजकुमार पन्थीले बताउनुभयो । अहिले सामुदायिक विद्यालयमा विद्यार्थी संख्या कम छ, विद्यालयको तहगत रुपमा कक्षा बढी अध्ययन गर्ने विद्यार्थी र अध्यापन गराउने शिक्षक कम हुँदा गुणस्तर कायम गर्न नसकेको बुझिएको संयोजक पन्थीले बताउनुभयो।

माथागढी गाउँपालिका भित्र ४१ वटा सामुदायिक विद्यालय र ४ वटा संस्थागत विद्यालय छ ।

अनुगमनमा प्राप्त तथ्यलाई आत्मसाथ गर्दै समुदायसंगको छलफलबाट शैक्षिक गुणस्तर वृद्धि संगै विद्यालय समायोजन,कक्षा कटौती र एकीकरण जस्ता काम गरिने  गाउँपालिका अध्यक्ष  चिदीले बताए । पहिलो चरणमा विद्यालर्थी, अभिभावक, शिक्षकसंग छलफल तथा गुणस्तर कायमका लागि आवश्यक गतिविधिमा जोड दिइएको उनको भनाइ रहेको छ ।

साहारदेवी आधारभूल विद्यालयमा अहिले २ सय ३ विद्यार्थी रहेका छन् । यस शैक्षिक सत्रमो २ सय ५० बनाउने विद्यालयको लक्ष्य रहेको विद्यालयका प्रधानाध्यापक भिमबहादुर थापाले बताए । विद्यालयले सिकाई उपलब्धी वृद्धिका लागि प्रत्येक शिक्षकसंग करार सम्झौता गर्ने गरेकोले जसबाट औसत उपलब्धी ८० प्रतिशत पूरा हुनेगरेको विद्यालयका प्रद्यानाध्यापक थापाको भनाइ छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com