2

Logo २०८३ बैशाख १३ आइतबार
तिलोत्तमा सरकारद्दारा ६ लेनको राजमार्गमा फ्री वाईफाई

तिलोत्तमा सरकारद्दारा ६ लेनको राजमार्गमा फ्री वाईफाई


Sabalnews प्रकाशित मिति : मंगलबार, बैशाख १२ २०८०
1.1K

रुपन्देही ।

तिलोत्तमा नगरपालिकाले नगरक्षेत्रमा पर्ने सिद्धार्थ राजमार्गको योगिकुटीदेखि कटैयासम्म फ्रि वाइफाइ जडान गरेको छ ।

जनतालाई प्रविधिमैत्री बनाउन र सहजताका लागि बुटवल बेलहीया ६ लेन व्यापारीक मार्गको तिलोत्तमा क्षेत्रमा फ्रि वाईफाई जडान गरेको हो ।

लुम्बिनी प्रदेश सरकार र तिलोत्तमा नगरपालिकाको संयुक्त लगानीमा सुचना राजमार्ग मार्फत डिजिटल सेवा प्रवाह कार्यक्रम अन्तरगत फ्रि वाईफाई सेवाको नगरप्रमुख रामकृष्ण खाणले  मणिग्रामचोकमा शुभारम्भ गर्नुभयो ।

सेवा शुभारम्भ गर्दै नगरपालिका प्रमुख खाँणले देशकै नमुना नगरपालिका तिलोत्तमामा स्वदेश तथा बिदेशबाट आउने र स्थानीयलाई सहज होस् भनेर ईन्टरनेट जडान गरिएको बताउनुभयो । ‘नगरलाइ प्रविधिमैत्री बनाउन,नगरका १७ वडामा नै यसलाइ बिस्तार गरिनेछ,हाईवे क्षेत्रमा हिड्ने आन्तरिक तथा बाह्य पर्यटकलाइ समेत यसले राहत दिनेछ” खाणले भन्नुभयो ।

उपप्रमुख जागेश्वरी देवी चौधरीले यहाँका स्थानीयहरुलाई निकै महत्वपूण काम गर्न सहज हुने विश्वास लिनुभयो । उहाँले यो सेवाले तिलोत्तमा क्षेत्रमा आउने पर्यटकलाई समेत निकै फाईदा पुग्ने विश्वास ब्यक्त गर्नुभयो । योगिकुटिदेखि कोटीहवासम्मको १३ किलोमिटर सडकमा ३८ वटा डिभाइसहरु जडान गरिएको नगरपालिका सूचना प्रविधी उपशाखा प्रमुख सुदिप ढकालले जानकारी दिनुभयो ।

करिब ८५ लाख खर्चमा वाईफाई जडान गरिएको हो ।यसले एक ठाँउमा लगइन गरेपछि १३ किलोमिटर भित्रको दुरीमा राखिएका बिभिन्न डिभाइसबाट सहजै काम गर्नेछ ।

एउटा डिभाइसले एक पटकमा २५६ वटासम्म कनेक्ट गर्न सक्ने क्षमता रहेता पनि अहिले तत्कालको लागि १०० वटा डिभाइस कनेक्ट हुने र टिकटक र ब्याण्ड गरिएका केही वेभ पोर्टल भने चलाउन नमिल्ने सुचना प्रविधि उपशाखाका मोहन न्यौपानेले जानकारी दिनुभयो ।कनेक्ट गर्ने वित्तिकै एउटा हट स्पोट खुल्ने त्यसलाई लगइन गरेर इन्टरनेट चलाउन सकिने सुचना प्रविधि उपशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com