2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पा महोत्सवको तयारी तिब्र, अन्तिम चरणका काम गरिदै

पाल्पा महोत्सवको तयारी तिब्र, अन्तिम चरणका काम गरिदै


Sabalnews प्रकाशित मिति : सोमबार, बैशाख ११ २०८०
1.6K

पाल्पा ।

पाल्पा उद्योग वाणिज्य संघको आयोजनामा हुने पाल्पा महोत्सवको तयारी तीव्र पारिएको छ ।

यसवर्ष तानसेनको टुंडिखेलमा यही बैशाख १४ गतेदेखि हुने महोत्सवमा स्टल बनाउने तथा प्रचारप्रसारको काम अन्तिम चरणमा भईरहेको महोत्सव प्रचार–प्रसार संयोजक विदुर घिमिरेले जानकारी दिनुभयो ।

 घिमिरेका अनुसार अहिले स्टल राख्ने काम भइरहेको छ । स्थानीय उत्पादनका वस्तु तथा सेवाको प्रदर्शनी, बिक्री, वितरणका साथै राष्ट्रिय, बहुराष्ट्रिय उत्पादनको समेत प्रदर्शनीमा राखिनेछ । महोत्सवमा महिला उद्यमी, घरेलु उद्योग, कुटीर उद्योग, कृषि उद्यमीद्वारा उत्पादित वस्तुको प्रदर्शनीका ३०० भन्दा बढी स्टल रहने संघका सचिव एवं प्रचार–प्रसार संयोजक घिमिरेले बताउनुभयो । महोत्सवमा ३ लाख दर्शकले अबलोकन गर्ने र १० करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ ।

यसैबीच संघले महोत्सवको पूर्वसन्ध्या तथा नयाँ वर्ष २०८० को अवसरमा क्यालेण्डर निकालेको छ । संघले प्रकाशन गरेको क्यालेन्डर विमोचन गरिएको क्यालेण्डर विमोचनका संयोजक विदुर घिमिरेले जानकारी दिनुभएको छ । संघले प्रदेश र केन्द्रीय तहमा निर्वाचित सदस्यहरूलाई सम्मान समेत गरेको छ ।

भर्खरै उद्योग वाणिज्य संघको सम्पन्न केन्द्रीय अधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित संघका पूर्व अध्यक्ष मोहन श्रेष्ठ, लुम्बिनी प्रदेश सदस्यमा निर्वाचित संघका पूर्व अध्यक्ष मधुदयाल शैजुलाई संघका अध्यक्ष शैलेन्द्र भट्टराई र लुम्बिनी प्रदेशका सांसद वीरबहादुर रानाले सम्मान गर्नुभएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com