2

Logo २०८३ बैशाख १३ आइतबार
निस्दी र पूर्वखोला गाउँपालिका जोड्ने पक्की पुलको उद्घाटन हुने

निस्दी र पूर्वखोला गाउँपालिका जोड्ने पक्की पुलको उद्घाटन हुने


होम राई मगर प्रकाशित मिति : सोमबार, बैशाख ४ २०८०
2K

पाल्पा ।

निस्दी गाउँपालिका र पूर्वखोला गाउँपालिका पाल्पा जोड्ने मोटरेबल पुलको आगामी बैशाख ५ गते उद्घाटन हुने भएको छ ।
२ पालिका जोड्ने मोटोरेबल पक्की पुलको लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री चेत नारायण आचार्यले उद्घाटन गर्नुहुने निस्दी गाउँपालिकाका प्रवक्ता मेख बहादुर सुनारीले बताउनुभयो ।

लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय यातायात पूर्वाधार निर्देशनालयको आयोजनामा निस्दीखोलाको रेचेघाटमा पुल निर्माण भएको थियो । कुल ४ करोड २८ लाख रुपैयाँको लागतमा निर्माणकार्य सकिएको हो ।

जयनेपाल कम्पनी विवेक कुमार निर्माण सेवा प्रा. लि. स्याङ्जाले निर्माण गरेको पुल पैदलमार्ग सहित २ ल्याण्डको छ । पुलको लम्बाई ४६ मिटर रहेको छ ।

२ गाउँपालिकालाई जोड्ने मोटरेबल पुल समयमै निर्माण भएपछि स्थानीय नागरिकहरु खुशी भएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com