2

Logo २०८३ बैशाख १५ मंगलबार
नेपाली सेनाको नेतृत्वमा ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदयात्रा टोलीलाई पाल्पामा भव्य स्वागत

नेपाली सेनाको नेतृत्वमा ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदयात्रा टोलीलाई पाल्पामा भव्य स्वागत


Sabalnews प्रकाशित मिति : आइतबार, बैशाख ३ २०८०
1K

पाल्पा ।

नेपाली सेनाको नेतृत्वमा निस्केको ऐतिहासिक गोरखा–जितगढी पदयात्राको टोलीलाई शनिबार पाल्पामा भव्य स्वागत गरिएको छ ।

गत चैत्र २९ गते गोरखा दरबारबाट निस्किएको पदयात्रा नेपाल एकीकरणको समयमा प्रयोग स्थल हुदै पैदल पाल्पा आईपुगेको हो । तनहुँ थर्पु भानुदेउरालीबाट शानिवार विहान हिडेको टोली २७ किलोमिटर दुरी पार गर्दै पाल्पा आएको हो ।
ऐतिहासिक स्थलको पहिचानसँगै पर्यटन प्रबद्र्धन, राष्ट्रिय एकताको सन्देश दिन, किल्ला र गढीहरुको संरक्षणको थालनी तथा राष्ट्रिय एकताको संबैधानिक दायित्व पुरा गर्र्न र आम नागरिक र सेनाबिचको सम्बन्ध सुमधुर बनाउने विश्वासका साथ सेनाले पदयात्रा थालेको हो ।

नेपालको राष्ट्रिय झण्डाको साथमा एकीकरणको दौरान स्थापना भएका ५ प्रथम कम्पनी श्रीनाथ गण, कालिबक्स गण, बर्दवाणी गण, सबुज गण, पुरानो गोरख गण र जितगढी लडाईमा सहभागी गुरुबक्स गुल्मको झण्डा बोकेर बाजागाजा सहित गोरखाबाट तनहुँ स्याङजा हुदै पाल्पा प्रवेश गरेको हो । टोलीलाई स्याङजा–पाल्पाको सिमाना केलादी कालीगण्डकी नदी पुलबाट पाल्पाली टिमले पञ्चेबाजा सहित फुलमालाले भव्य स्वागत गरे । स्थानीयबासीले बाटो घाटोमा आएको नेपाली सेना सहितको पदयात्रा टोलीलाई अविर, फुलमाला, पानीले स्वागत गरेका भेटिन्थे । तनहुँ हुदै आएको टोलीलाई चापाकोट नगरपालिकाका प्रमुख देव बहादुर खाँण, उपप्रमुख इशा राना र सरजीत गुल्मका गुल्मपति सेनानी हरि प्रसाद भट्टराईले स्याङजा सोल्टीमा स्वागत गर्नुभएको थियो ।

बैष्णव धर्मालम्बीको केन्द्रिय कार्यालय रहेको राधादामोदर केलादीमा पाल्पा जिल्लाका प्रमुख व्यक्तित्वहरुको सहभागीता रहेको थियो । पाल्पा जिल्ला समन्वय समिति प्रमुख टंकनाथ खनाल, रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापा, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, श्री नं. २२ बाहिनीका सहायक रथी ललित बहादुर कुँवर, दि फेमस महिन्द्र दल गणका सेनानी बालमुकुन्द विष्टलाई तनहुँ स्याङजाको टिमले नेपालको झण्डा हस्तान्तरण गरी साँखरबाट विदा गरेको हो । टोली ५५ सदस्यीय रहेको छ ।

केलादीबाट जिल्ला प्रवेश गरेको टोलीलाई रामपुर नगरपालिकाले स्वागत गरेको थियो । पाल्पाका जिल्ला समन्यव समिति प्रमुख टंकनाथ खनालले सेनाले चालेको कदमले ऐतिहासिक गढी र किल्लाहरुको पहिचान, संरक्षणमा सहयोग पुग्ने बताउनुभयो । गढी तथा किल्लो संरक्षणमा समेत स्थानीय, प्रदेश र संघिय सरकारको ध्यान पुग्ने उहाँको भनाई थियो ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले पदयात्राले पछिल्लो पुस्तालाई इतिहासको जानकारी दिने र एकीकरणको झझल्को दिने बताउनुभयो ।

श्री नं. २२ बाहिनीका सहायक रथी ललित बहादुर कुँवरले एकिकरण पदयात्रा ऐतिहासिक स्थलको जगेर्ना गर्न, भावी पुस्तालाई हस्तान्तरण गर्ने एवं राष्ट्रिय एकताको भावना उच्च बनाउन कार्यक्रम गरिएको जानकारी दिनुभयो ।

पदयात्राको धेरै दिन पाल्पामा नै हुने हुँदा यो अर्थमा पाल्पा भाग्यमानी भएको बताउनुभयो । कुँवरका अनुसार बैशाख ७ गते जितगढी पुग्ने टोलीले राष्ट्रपतिको उपस्थितिमा बुटवल उपमहानगरलाई हस्तान्तरण गर्नेछ ।

पाल्पाको दि फेमस महिन्द्र दल गणका सेनानी बाल मुकुन्द विष्टले गोरखा–जितगढी प्रथम एकीकरण यात्राले नेपालको एकीकरण, पर्यटन प्रबद्र्धन, सेना र नागरिकको सम्बन्ध थप प्रगाढ र गढी तथा किल्लाको संरक्षण र उद्धारमा मद्धत पुग्ने बताउनुभयो ।

उहाँले गोरखाबाट पुर्वतर्फको पदयात्रा सम्पन्न गरिसकेको बताउदै ५ बर्ष यता पुष २७ गते राष्ट्रिय एकताका दिन कार्यक्रम गर्ने जानकारी दिनुभयो ।

टोली पाल्पाको केलादी हुँदै पूर्वखोलाको बाकुमगढी, माथागढीको झडेवा हुँदै तानसेन र तानसेन हुँदै तिनाउको नुवाकोट पुग्नेछ । पदयात्रामा रामपुर क्षेत्रका भूत पूर्व नेपाली सेना, रामपुर स्काउट ग्रुपका विद्यार्थी सहित जनप्रतिनिधिहरु सहभागी थिए ।

रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाको अध्यक्षतामा भएको कार्यक्रममा थापाले नेपालको पहल कदमी उत्कृष्ट भएको बताउनुभयो । रामपुर ४ का वडा अध्यक्ष राम बहादुर रानाको स्वागत तथा प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपानेको सञ्चालनमा कार्यक्रम भएको हो ।
गोरखा बाट निस्किएको टोलीलाई सतिघाट पुगेर गोरखाको टोलीले तनहुँलाई, तनहुँको टोलीले स्याङजा केलादीघाट र केलादीदेखि पाल्पालाई हस्तान्तरण गरिएको छ । पाल्पाले नुवाकोटगढी पुगेर रुपेन्देहीलाई हस्तान्तरण गर्नेछ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com