2

Logo २०८३ बैशाख १३ आइतबार
नगरले दियो टाढाका वडाका महिलालाई भिआईए जाच र परामर्श सेवा

नगरले दियो टाढाका वडाका महिलालाई भिआईए जाच र परामर्श सेवा


Sabalnews प्रकाशित मिति : बुधबार, चैत्र २९ २०७९
960

पाल्पा ।

पाल्पाको रामपुर नगरपालिकाले महिलाको पाठेघरको मुखमा हुन सक्ने संभावित क्यान्सर भिआईए बिधिद्धारा गरिने जाच तथा परामर्श गाउँ तहको वडामा लगेको छ ।

visual inspection with acetic acid /भिआईए माध्यमबाट गरिने परिक्षण नगरपालिकाको गाउँ क्षेत्र वडा नम्बर १ र २ का महिलालाई लक्षित गरि चलाएको हो । वडा नम्बर १ को कार्यालय गाँडाकोट बिर्तामा चलेको एक दिने शिबिरमा ८६ जना महिलाको भिआईए परिक्षण गरिएको छ । रामपुर नगरपालिका स्वास्थ्य शाखाले सहज स्वास्थ्य सेवाबाट टाढा रहेका महिलालाई लक्षित गर्दै नगरपालिकाका पुर्व र पश्चिमको २ स्थानमा शिबिर चलाउनेछ ।

गाँडाकोटमा बुधबार सम्पन्न शिबिरमा ८६ जना महिलाले पाठेघरको मुखमा हुनसक्ने संभावित क्यान्सर भिआईएको परिक्षण गराएको रामपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गिरीराज घिमिरेले जानकारी दिनुभयो । रिपोर्टका आधारमा भिआईए पोजिटिभ देखिएका ५ जनालाई रिफर गरिने उहाँले बताउनुभयो । शिबिरमा अन्य ११ जनालाई प्रजनन स्वास्थ्य सम्बन्धी जाच र परामर्श दिईएको छ । शिबिर उद्घाटन गर्दै रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले बिभिन्न कारण नेपालमा जटिल रोग देखापरेकोले समस्यालाई खुलेर जानकारी गराउन आग्रह गर्नुभयो ।

रामपुर नगरपालिकाका प्रवत्ता तथा वडा नम्बर १ का वडाध्यक्ष कपिल बहादुर खाणले काम रोग भोकले रोग लुकाउने थाहा नहुने र सामान्य लाग्ने तर रोग सहनै नसक्ने भएपछि उपचार खोज्ने परम्परा रहेको बताउदै बेलैमा रोग बारे सेवा र परामर्श लिन अनुरोध गर्नुभयो । नगरपालिकाका सामाजिक विकास शाखा संयोजक सिमा रानाले महिलाको स्वास्थ्य अबस्थालाई लक्षित गरेर राखेको यस्ता शिबिरबाट सेवा लिन सबैमा आग्रह गर्नुभयो ।

रामपुर नगरपालिकाका नर्सिङ अधिकृत पुनम धिताल, रामपुर अस्पतालका नर्सिङ द्धय बृन्दा गुरुङ र धनमाँया श्रेष्ठले भिआईए परिक्षण गर्नुभएको हो । रामपुर नगरपालिकाका नर्सिङ अधिकृत धितालका अनुसार शिविरमा सहभागी महिलाहरुको भिआईए सहित थप स्वास्थ्य परिक्षण गरिएको थियो । रामपुर नगरपालिका १ र २ नम्बर वडाका महिलाले सेवा लिएको शिविरमा ३ जना महिलामा पाठेघर खसेको समस्यामा रिङ पेसरी राखिएको छ । शिविरमा यौनाङमा हुने संक्रमण जाच, उपचार, परिवार नियोजनको लामो अवधिको अस्थायी साधन राख्नेको जाच तथा परामर्श गरिएको छ । महिलामा भएको स्वास्थ्य समस्या पहिचानमा शिबिर उपलब्धिमुलक भएको रामपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख घिमिरेले बताउनुभयो । पाठेघरको मुखको क्यान्सरबाट लाग्न लागेको दश बर्ष अगाडी थाहा पाउने गरि प्रयोग गरिने स्पेकुलम औजारबाट भिआईए तथा प्याप स्मेयर परिक्षण गरिन्छ । यो भिआईए जिल्ला अस्पताल, रामपुर अस्पताल सहित परिवार नियोजन संघ र अस्पतालमा परिक्षण नि:शुल्क गर्ने व्यवस्था छ ।

३० बर्षदेखि ६० बर्ष उमेर सम्मका महिलालाई प्रायः पाठेघरको मुखमा हुने क्यान्सर हुने गरेको पाइएको छ । प्रत्येक ५ बर्षमा पाठेघरको जाच गराउनुपर्ने डाक्टरले सुझाब दिदै आएका छन् । पाठेघरको मुखमा औषधी लगाई गरिने परिक्षण बिधि भिआईए परिक्षण हो । पाठेघरको क्यान्सर बिशेष गरि कलिलो उमेरमा यौन सम्पर्क भएका, यौन सक्रमण भएमा, यौन साथी धेरै भएमा, परिवारका सदस्यलाई पाठेघरको क्यान्सर भएको खण्डमा, रोगबाट लड्ने क्षमता कमी भएमा , धुम्रपान तथा सुर्तिजन्य पदार्थको सेवन गरेमा र पाठेघरको मुखको जाच गर्दा असामान्य रहेको जानकारी पघिल्लो परिक्षणमा देखाएमा क्यान्सर हुनसक्ने बिज्ञहरुले बताएका छन् ।

आउदो बैशाख दोस्रो हप्ता रामपुर नगरपालिका १० मा शिविर चल्ने नगरपालिकाका स्वास्थ्य अधिकृत तिर्थ प्रसाद ढुङानाले जानकारी दिनुभयो । महिलामा स्तन क्यान्सर, यौनीको क्यान्सर, पाठेघरको मुखको क्यान्सर, पाठेघरको क्यान्सर र अण्डासयको क्यान्सर मध्ये नेपालको अस्पतालको आकडाले महिलामा पाठेघरको मुखको क्यान्सर प्रमुख क्यान्सरमा रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com