2

Logo २०८३ बैशाख १४ सोमबार
पाल्पाका नयाँ सिडिओ सहित सरकारी कार्यलयका प्रमुख र पुर्वी पाल्पाली बिच अन्तरक्रिया 

पाल्पाका नयाँ सिडिओ सहित सरकारी कार्यलयका प्रमुख र पुर्वी पाल्पाली बिच अन्तरक्रिया 


Sabalnews प्रकाशित मिति : बुधबार, चैत्र २२ २०७९
617

पाल्पा ।

पाल्पामा केहीदिन अघि सरुवा भएर आउनुभएका प्रमुख जिल्ला अधिकारी सहित जिल्लाको नेतृत्वलाई स्वागत कार्यक्रम जिल्लाको रामपुर नगरपालिकामा भएको छ ।

जिल्लाको न्यायीक निकाय सहित प्रहरी प्रशासनका प्रमुख सहभागी कार्यक्रममा बोल्ने बक्ताहरुले रामपुर क्षेत्रको शान्ति  सुरक्षा र न्यायिक निरुपणका बारेमा जिज्ञासा राखेका थिए ।

जिल्ला अदालत पाल्पाका न्यायधीश कमलराज विष्ट , पाल्पामा भरखरै आउनु भएका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला र जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरिक्षक हेरम्ब शर्मा, शसस्त्र प्रहरीका डिएसपी उद्वव वन सहितलाई स्वागत सम्मान सहित जिज्ञासा राहेका थिए ।

नगरपालिकामा स्वागत गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले रामपुरको विकासले फड्को मारेकोले यहाँ सोही अनुसारको व्यबस्थाका लागि जिल्लाको टोली संगै आग्रह गर्नुभयो ।  साथै सुरक्षा व्यवस्थाका लागि जनशक्ति सहितको डिएसपि दरबन्दी आवश्यकता उल्लेख गर्नुभयो ।

कार्यक्रममा जिल्ला अदालत पाल्पाका न्यायधीश कमलराज विष्टले अदालत र स्थानिय निकाय बिच नङ मासुको सम्बन्ध रहेको बताउदै न्यायिक समिति सकभर मेलमिलापमा जोड दिन अनुरोध गर्नुभयो ।

यस्तै प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले जनप्रतिनिधिलाई विकास संगै नागरिकको कागजी प्रक्रिया र सफारिस सम्बन्धि जानकार हुन आवश्यक रहेको बताउनुभयो । त्यस्तै जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरि उपरीक्षक हेरम्ब शर्माले नेपाल प्रहरीको विकल्प प्रहरी नै भएको बताउनुभयो । समुदायमा शान्ती शुरक्षाका निम्ती कुनै बहाना नभएकोले नेपाल प्रहरीको विकल्प नै नभएको बताउनुभयो । सिमित स्रोत र साधनका विच पनि नेपाल प्रहरीले जिल्लामा शान्ती सुरक्षा कायम गर्नका लागि काम गरिरहेको भन्दै पिडितले न्याय पाउने कुरामा दुई मत नरहेको बताउनुभयो । उहाँले जिल्लामा बाल विवाह, आत्महत्या लगायतका घटना न्यूनिकरणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको औँल्याउनुभयो ।

रामपुर नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्यहरु सन्दिप राना, विष्णुमायाँ ढकाल, नेपाली काँग्रेस रामपुर नगर सभापति नेत्र प्रसाद भट्टराई, नेकपा एमाले रामपुरका अध्यक्ष विष्णु प्रसाद रेग्मी , नेकपा एस रामपुरका अध्यक्ष फणेश्वर गौतम, रामपुर नगरपालिकाका नगर प्रवक्ता एवं वडा नं. १ का अध्यक्ष कपिल बहादुर खाँण , वडा नं. २ का अध्यक्ष कष्ण दर्जी , वडा नं. ३ का अध्यक्ष दामोदर पाठक , वडा नं. ४ का अध्यक्ष राम बहादुर राना , वडा नं. ५ का अध्यक्ष दुर्गा प्रसाद पोखरेल , वडा नं. ६ का अध्यक्ष दिवाकर देवकोटा , वडा नं. ७ का अध्यक्ष दोवराज तिवारी, वडा नं. ८ का अध्यक्ष दिनेश आचार्य, रामपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरे, महिला विकास शाखाका पुजा परियार, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल , बाल खेल संसार अभियानका संयोजक कृष्ण प्रसाद पौडेल लगायतले घटना दर्ता, उजुरी तथा मुद्दा , बजार मूल्य बृद्धि, न्याय संग सम्बन्धित, विपदका विषयमा जिज्ञासा राखेका थिए । जिज्ञासाको जवाफ न्यायधीश कमलराज विष्ट , प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला , प्रहरी उपरिक्षक हेरम्ब शर्माले जवाफ दिनु भएको थियो ।

रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको स्वागततथा सम्मान सहितको अन्तरक्रियारामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापा,  कार्यक्रमको संचालन रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com