2

Logo २०८३ बैशाख १४ सोमबार
ट्राफिक नियम पालनामा सवारी चालकलाई रोडमै सचेतना

ट्राफिक नियम पालनामा सवारी चालकलाई रोडमै सचेतना


Sabalnews प्रकाशित मिति : बिहिबार, चैत्र १६ २०७९
673

पाल्पा ।

ट्राफिक नियम पालनामा इलाका प्रहरी कार्यालय रामपुरको प्रहरीले सचेतना बढाएको छ । पाल्पाको रामपुर क्षेत्रका सवारी गुडाइरहेका चालकको अबलोकन अनुगमन गरी प्रहरीले हुनसक्ने सवारी दुर्घटनाबाट जोगाउन सचेत गराएको हो ।

पछिल्लो समय कालीगण्डकी करिडोर सहित पक्की सडकमा साना ठुला सवारी दुर्घटना बढ्दै गएपछि सवारी चलाइरहेका चालकमा ट्राफिक नियम सवारी अबस्थाबारे जानकारी बढाएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक लक्ष्मण देवकोटाले बताउनुभयो । चालकले बजारको बिचमा सवारी हाक्ने, जथाभावी पार्किङ गर्ने, मोटरसाइकल चालकले हेलमेटको सही प्रयोग नगर्ने (टाउकोमा अडाउने, टाइट नबाध्ने, खुला छोड्ने) जस्ता समस्या देखिएकोमा चेकजाच गरिएको प्रहरीले जनाएको छ । केही दिन अघि हेलमेट राम्रो गरी नलगाएकै खण्डमा पिच सडकमा कान तर्पmको भाग घसारिने गरि मोटसाइकल दुर्घटना भयो, सानो लापरबाहीले पनि ज्यानै जान सक्ने दुर्घटना हुने हुँदा सचेत गराईको प्रहरी निरिक्षक देवकोटाले बताउनुभयो ।

प्रहरीले नियम मिचेर सवारी चलाउने चालकलाई एकपटक सचेत गराइएको हो भने नियमपुर्वक सावधानी अपनाउन सुझाइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com