पोखरामा पाल्पाको झल्को दिने “पाल्पा हाउस” सन्चालनमा आउदै
पोखरा ।
पोखरामा पाल्पाको झल्को दिने ‘पाल्पा हाउस’ सञ्चालनमा आउने भएको छ ।
पाल्पाबाट पोखरा आई बसोबास गर्ने पाल्पालीहरुको साझा संस्था पाल्पाली समाज पोखराले पोखराको न्यूरोडमा मायाको प्रतीक रानी महल सहित पाल्पाको विविध झल्को दिने ‘पाल्पा हाउस’ सञ्चालनमा ल्याउन लागेको हो ।
न्यूरोडस्थित भाटभटेनी भन्दा केहि तल रहेको पाल्पा हाउस शुक्रबारदेेेखि सञ्चालनमा आउने पाल्पा हाउस प्रालिका अध्यक्ष कुलप्रसाद घिमिरेले जानकारी दिनुुुभयो । ‘पाल्पा हाउस’को शुक्रबार विहान पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र पाल्पाको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गर्ने तय भएको पाल्पाली समाजका सदस्य गीता पौडेलले जानकारी दिनुुुभयो ।