2

Logo २०८३ बैशाख १३ आइतबार
अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा बराल

अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा बराल


Sabalnews प्रकाशित मिति : सोमबार, चैत्र ६ २०७९
974

पोखरा ।

अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा गणेश बराल निर्वाचित हुनुभएको छ। संघको सोमबार पोखरामा सम्पन्न तेस्रो साधारण सभा तथा दोश्रो अधिवेशनले निर्वतमान अध्यक्ष तथा संस्थापक बराललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।

संघको उपाध्यक्षमा सन्तोष बस्याल , सचिवमा प्रल्हादचन्द्र घिमिरे , कोषाध्यक्षमा चन्द्रिका घिमिरे चयन हुनुभएको छ । संघको सदस्यहरुमा निरज बसौला, ऋषिराम दाहाल, सञ्जय आचार्य, सुरेशराज अधिकारी ,सरिता गुरुङ, प्रविण मगर, दीपकराज गिरी, शेखर कोइराला, शिव न्यौपाने  र रोहित बस्नेत छन् ।

अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले अनलाइन मिडियालाई व्यवस्थित बनाउन अनलाइन सम्बन्धी साक्षरता कार्यक्रमको आयोजना गर्नुपर्ने धारणा राख्नुभयो । पछिल्लो समय अनलाइनको संख्या बढ्दै जाँदा गुणस्तरमा ख्याल नगरिएको बताउँदै अधिकारीले कतिपय अनलाइनमा आएका समाचारले समाजमा नकारात्मक प्रभाव पारेको उल्लेख गर्नुभयो । अनलाइन मिडियाहरुलाई पनि नियमन गर्नुपर्नेमा उहाँको जोड छ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनी, पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदी, पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष दिपेन्द्र श्रेष्ठ, नेपाल प्रेस युनियन गण्डकी प्रदेशका महासचिव प्रकाश ढकाल लगायतका वक्ताहरुले प्रदेश सरकारले ल्याउन लागेको आमसंचार विधेयक पत्रकारमैत्री हुनुपर्ने धारणा राख्नुभएको थियो । अन्य पत्रकारसँग सम्बद्ध संस्था जस्तै अनलाइन मिडियासँग सम्बद्ध संस्थालाई पनि राज्यको सहयोगको आवश्यकता रहेको उनीहरुको भनाइ थियो । कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष कमल सुबेदीले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com