2

Logo २०८३ बैशाख १४ सोमबार
शहीद बहुमुखी क्याम्पस स्वबियु निर्वाचनमा ८२% बढी मत खस्यो,  मतगणना शुरु

शहीद बहुमुखी क्याम्पस स्वबियु निर्वाचनमा ८२% बढी मत खस्यो,  मतगणना शुरु


Sabalnews प्रकाशित मिति : आइतबार, चैत्र ५ २०७९
1.2K

पाल्पा ।

शहीद बहुमुखी क्याम्पस रामपुर पाल्पामा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा ८२ प्रतिशत बढी मत खसेको छ । कुल ७ सय ८२ विद्यार्थी रहेको क्याम्पसमा ६ सय ४८ मत अर्थात्  ८२.८६% विद्यार्थीले मतदान गरेको निर्वाचन समितिले जनाएको छ ।

कुल ७ सय ८२ मतदाता मध्ये ५ सय १६ छात्रा र १ सय ३२ छात्र गरी ६ सय ४८ मत खसेको निर्वाचन अधिकृत सुर्य प्रसाद घिमिरेले जानकारी दिनुभयो ।

विहान ८ बजे देखि ४ बजेसम्म भएको मतदानमा  विहान देखि नै विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो । मतगणना शुरु भएको छ।

२०४८ सालमा स्थापना भएको क्याम्पसमा २०५५ सालदेखि नै नेबिसंघले स्वबियुमा एकछत्र राजगर्दै आएकोमा यसपटक पनि नेबिसंघ आफ्नो पुरानो विरासत जोगाउने दाउमा छ भने अनेरास्ववियु ईतिहास रच्ने दाउमा छ ।  

शहिद बहुमुखी क्याम्पस स्वबियु सभापतिमा नेबिसंघबाट ल्याकत अलि र अनेरास्ववियुबाट सभापतिमा सन्देश ढकाल सहितको नेतृत्व उमेदवार छ। अनेरास्ववियु क्रान्तिकारीको साथ रहेको नेविसंघबाट सचिवमा रमेश पोखरेल, कोषाध्यक्षमा तिलक सारु सहित सदस्यमा कसम मल्ल, कविता राना, जयन्त दर्जी, अस्मिता खनाल र महेश राक्से प्रत्यक्षमा छन् ।

अनेरास्ववियुले सचिवमा रमा श्रेष्ठ, कोषाध्यक्षमा दुर्गा वि.क. सदस्यमा अनिता श्रेष्ठ, जानकी बयम्बु, समर बहादुर खन्गाहा, राजन गौतम, सम्बोधन खनाललाई उठाएको छ। 

प्रत्यक्षमा ५ सदस्य र समानुपातिक तर्फ १० सदस्यले निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् । सभापति, सचिव, कोषाध्यक्ष सहित ५ सदस्य प्रत्यक्ष निर्वाचनबाट र उपसभापति, सहसचिव र ५ सदस्य समानुपातिकबाट चयन हुनेछन् ।

पाल्पाका चार क्याम्पस मध्ये शहीद बहुमुखी क्याम्पस रामपुरमा मात्र निर्वाचन भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com