2

Logo २०८३ बैशाख १३ आइतबार
गौशालामा भएको श्रीमद् भागवत कथा सप्ताह ज्ञान प्रबचनको आम्दानी खर्च सार्वजनिक

गौशालामा भएको श्रीमद् भागवत कथा सप्ताह ज्ञान प्रबचनको आम्दानी खर्च सार्वजनिक


Sabalnews प्रकाशित मिति : आइतबार, चैत्र ५ २०७९
2.5K

पाल्पा ।

गाई संरक्षण र व्यबस्थापनका लागि पाल्पाको रामपुर गौशालामा चलेको श्रीमद् भागवत् कथा सप्ताह ज्ञान प्रवचनको आम्दानी खर्च सार्वजनिक गरिएको छ ।

रामपुर नगर गौशाला व्यवस्थापन समितिले गत फागुन दोस्रो साता सञ्चालन गरेको कथा प्रबचनमा २० लाख ७३ हजार ७ सय ३४ रुपैयाँ नगद र ७३ हजार ३ सय बराबरको जिन्सी गरी कुल २१ लाख ४७ हजार ३४ रुपैयाँ आम्दानी भएको नगर गौशाला व्यवस्थापन समितिका अध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिनुभयो । सप्ताह ज्ञान प्रबचन यज्ञ भरमा कुल खर्च १३ लाख ५५ हजार ८ सय ३९ रुपैयाँ रकम भएको उहाँले बताउनुभयो । 

नगर गौशालाको तेस्रो वार्षिक उत्सवको अबसर पारेर गौशालामा रहेका गाईको दिगो व्यबस्थापनका लागि गाइको महत्त्व दर्शाउने उद्देश्यले आयोजित यज्ञमा स्वतस्फूर्त दान संकलन भएको हो ।

सप्ताहमा भक्तजनबाट दान गर्नुभएको नगद खुद बचत रकम ७ लाख १७ हजार ८ सय ९५ रुपैयाँ र जिन्सी ७३ हजार ३ सय रुपैया बराबरको धान, चामल, आलु, नुन संकलन सहित ७ लाख ९१ हजार १ सय ९५ बचत रहेको अध्यक्ष न्यौपानेले बताउनुभयो ।

गत फागुन ९ देखि १५ गते सम्म रामपुर ६  तातोपानीधाममा चलेको सप्ताह ज्ञान प्रवचनमा पुज्य भागवत मन्जरी राधिका दासीले संगीतमय शैलीमा कथा बाचन गर्नुभएको थियो ।

खर्च सार्वजनिकका अबसरमा अध्यक्ष न्यौपानेले शाेभा कलश  यात्रा देखि यज्ञभर सघाउने पाल्पा सहित छिमेकी जिल्लाका आमा समूह  महिला समूह, विभिन्न झाकि समूह, भजनकृतन टोली, दुनाटपरी, प्रसाद अन्य व्यबस्थापनमा खट्नुहुने सबैलाई धन्यवाद दिनुभएको छ ।

श्रीमतभागवत कथा सप्ताह प्रवचन यज्ञबाट संकलन भएको रकम अक्षयकोषमा राख्ने, गाई र व्यबस्थापनको दिगो व्यबस्थापनमा लगाउने समितिका सदस्य तथा महिला समूह समन्वय संयोजक लक्ष्मी ढकालले बताउनुभयो । सप्ताह नगर गौशाला र गाईको प्रचारप्रसारका लागि उत्कृष्ट भएको उहाँले बताउनुभयो ।

महायज्ञ पैसा संकलनकै लागि गरिने परिपाटी बढ्दो रहदा “गौशालाले गाईको महत्व र आवश्यकीय ज्ञान बाढ्ने र स्वतस्फुर्त नगद दान, अन्य सामाग्री, घर उत्पादन भएका जे केही बस्तु दान गर्न सकिने गरि सप्ताह व्यापी प्रबचन गरेकोले सोचेभन्दा राम्रो बचत हुनेगरी प्रबचन यज्ञ सकिएको समितिका सचिव बासुदेव ढकालले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com