2

Logo २०८३ बैशाख १३ आइतबार
दोस्रो बिशाल लुम्विनी लोकदोहोरी अवार्ड २०७९ घोषणा चैत्र ७ मा हुने

दोस्रो बिशाल लुम्विनी लोकदोहोरी अवार्ड २०७९ घोषणा चैत्र ७ मा हुने


Sabalnews प्रकाशित मिति : शुक्रबार, चैत्र ३ २०७९
1.2K

काठमाडौं ।

बिशाल मुभिज प्रा.लि.अनामनगर काठमाण्डौंद्धारा आयोजित दोस्रो बिशाल लुम्विनी लोक दोहोरी अवार्ड २०७९ को घोषणा  यही चैत्र ७ गते नेपाल पर्यटन बोर्ड भृकुटी मण्डपमा हुने भएको छ ।

बिशाल लुम्विनी लोक दोहोरी अवार्ड तर्फ लोक तथा दोहोरी गीत संग सम्बन्धित ३१ बिधाका सर्बोत्कृष्ट कलाकारहरुलाई अवार्ड बितरण गरिने अध्यक्ष हुम गैरेले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाली लोक संगीत संग आबद्ध अग्रज तथा अनुज गायक,गायिका,स्रष्टा, सर्जक,संगीत ब्यवसायी तथा सुभेच्छुक,शुभ चिन्तकहरुको उपस्थितीमा अवार्ड बितरण हुने  आयोजक समिति सचिब गोबिन्द नेपालीले जानकारी दिनुभयो । अवार्डको फाईनल कार्यक्रममा बिशाल मुभिज दशक लोक गायक तथा लोक गायिका सम्मान २०७९, बिशाल मुभिज लोक पत्रकारिता सम्मान २०७९, बिशाल मुभिज लोक बाध्यवादन सम्मान २०७९ लगायतका सम्मानको साथै बिशाल लुम्विनी लोक आईडल २०८० को घोषणा समेत हुने कार्यक्रम संयोजक धिरज खत्रीले बताउनुभयो ।

अवार्ड कार्यक्रमको सात सदस्यीय जुरी निर्णायकको ५० प्रतिशत, अनलाईन भोटिङको ४० प्रतिशत र आयोजक समितिको १० प्रतिशत निर्णयको आधारमा ३१ बिधाका करिब ४० जना कलाकार बर्षको सर्बोत्कृष्ट अवार्ड द्धारा सम्मानित हुने अध्यक्ष गैरेले जानकारी दिनुभयो ।

बिधागत अवार्डका साथै जुरी अवार्ड,पब्लिक च्वाईस अवार्ड,पपुलर अवार्ड र ईन्करेजमेन्ट अवार्ड लागायतका बिधाबाट पनि कलाकारहरु सम्मानित हुने आयोजक समितिका जुरी निर्णायक बरिष्ठ गायक ईन्द्र जि.सी.ले जानकारी दिनुुुभएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com