2

Logo २०८३ बैशाख १३ आइतबार
उपराष्ट्रपतिको निर्वाचनमा मतदान शुरु, आजै मतपरिणाम आउने

उपराष्ट्रपतिको निर्वाचनमा मतदान शुरु, आजै मतपरिणाम आउने


Sabalnews प्रकाशित मिति : शुक्रबार, चैत्र ३ २०७९
687

काठमाडौँ ।

उपराष्ट्रपति चयनका लागि मतदान शुरु भएको छ ।  निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मतदान हुनेछ ।

उपराष्ट्रपति पदका लागि ४ जना उम्मेदवार छन् । नेकपा (एमाले)बाट अष्टलक्ष्मी शाक्य, गठबन्धनबाट जनता समाजवादी पार्टीबाट रामसहायप्रसाद यादव र प्रमीला कुमारी यादव छन् भने जनमत पार्टीबाट ममता झा उम्मेदवार छन् । प्रमिलाकुमारी यादबले उम्मेदवार नरहेको जनाएपनि फिर्ता समय भन्दा पछि भएकोले निर्वाचन अधिकृतको कार्यालयले  मतपत्रमा यादबको नाम रहेको जनाएको छ।

जनता समाजवादी पार्टीका उम्मेदवार रामसहायप्रसाद यादव नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का सांसदको समर्थन छ।  जनमत पार्टीकी झालाई भने लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका सांसदले समर्थन गरेका छन् । गठबन्धनका उमेदवार यादबले मत हालिसकेका छन् । एमाले उमेदवार अष्टलक्ष्मी शाक्य र ममता झाले साम्सद नभएका कारण मत हाल्न पाउदैनन् ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले उपराष्ट्रपतिको निर्वाचनका लागि ९८० थान मतपत्र छापिएको जानकारी दिनुभयो। राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा सङ्घीय संसद्का दुवै सदनका सदस्य र प्रदेश सभाका सदस्य रहने निर्वाचक मण्डलले मतदान गर्ने कानुनी व्यवस्था छ। सो व्यवस्थाबमोजिम ८८२ सदस्य मतदान गर्न योग्य छन्।

सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले सङ्घीय संसद्का सदस्यले मतदान गर्ने केन्द्रका लागि कृष्णशरण लामिछाने र प्रदेश सभा सदस्यले मतदान गर्ने केन्द्रका लागि मन्दिरा शाहीलाई मतदान अधिकृत नियुक्त गरिएको जानकारी दिनुभयो।

आयोगले सार्वजनिक गरेको नमुना मतपत्रबमोजिम सङ्घीय संसद्का सदस्यका लागि सेतो पृष्ठभूमिमा रातो अक्षरले लेखिएको मतपत्र छापिएका छन्। प्रदेश सभा सदस्यका लागि सेतो पृष्ठभूमिमा हरियो अक्षरले लेखिएको मतपत्र छापिएको छ।

मतपत्रमा पहिलो क्रममा नेकपा एमालेबाट उम्मेदवारी दिएका शाक्य, दोस्रो क्रममा जसपाबाट उम्मेदवारी दर्ता गराएकी प्रमिलाकुमारी, तेस्रोमा जनमत पार्टीका ममता झा र चौथोमा जसपाकै रामसहायप्रसाद यादवको नाम उल्लेख छ।

निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार नै मतपरिणाम सार्वजनिक गर्ने गरी तयारी गरेको जनाएको  छ। सहायक निर्वाचन अधिकृत शर्माले “मतदान सम्पन्न भएलगत्तै निर्वाचन प्रतिनिधिको सहमतिमा मतगणना सुरु हुने जानकारी दिनुभयो। साँझ ६ बजेभित्र मतपरिणाम आउने अपेक्षा छ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन २०७४ बमोजिम कुनै उम्मेदवारले प्राप्त गरेको कुल मत निर्वाचक मण्डलको तत्काल कायम रहेको कुल मतको बहुमत भएमा निर्वाचन अधिकृतले त्यस्तो उम्मेदवार निर्वाचित भएको घोषणा गर्नुपर्नेछ। उक्त व्यवस्थाअनुसार निर्वाचक मण्डलको कुल मतभार ५२ हजार ६२८ रहेकोमा निर्वाचित हुन २६ हजार ३१४ मत आवश्यक पर्नेछ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com