2

Logo २०८३ बैशाख १४ सोमबार
इन्टरपोलबाट रेड नोटिस् जारी भई फरार रहेका प्रतिवादी पक्राउ

इन्टरपोलबाट रेड नोटिस् जारी भई फरार रहेका प्रतिवादी पक्राउ


Sabalnews प्रकाशित मिति : बिहिबार, चैत्र २ २०७९
631

काठमाडौं ।

इन्टरपोलबाट रेड नोटिस् जारी भई कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी कपिलवस्तु जिल्ला भृकुटि नगरपालिका-७ का २३ वर्षीय शिवशरण चौधरी पक्राउ परेका छन् ।

कपिलवस्तु बुद्दभुमि नगरपालिका-४ बस्ने ६६ वर्षीय गंगाराम थारुलाई २०७६ साउन ७ गते धारिलो हतियार प्रयोग गरी हत्या गरेको घटनामा संलग्न रही फरार रहेका उनलाई एनसिबि काठमाडौंको अनुरोध तथा एनसिबि अबुधाबी युएईको सहयोगमा युएईबाट पक्राउ गरेको हो ।

घटना पश्चात शिव शरण चौधरी फरार भई युएई बसेको अनुसन्धानको क्रममा खुल्नआएपछि ईलाका प्रहरी कार्यालय, गोरुसिंगे, कपिलवस्तु मार्फत नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखामा प्राप्त भए बमोजिम चौधरीको अन्तर्राष्ट्रिय स्तरमा खोजतलासको लागि इन्टपरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०७९ भदौ १४ गते उनी विरुद्द रेड नोटिस् जारी भएको थियो ।

इन्टरपोल शाखाबाट २०७९ भदौ १५ गते चौधरी विरुद्द जारी भएको रेड नोटिस् एनसिबि अबुधाबी युएईलाई जानकारी गराउनुको साथै निज प्रतिवादीलाई पक्राउ गरी सपुर्दगी गर्न अनुरोध गरिएकोमा २०७९ भदौ २१ गते एनसिबि अबुधाबीले उनलाई पक्राउ गरि सपुर्दगीको लागि आवश्यक कागजात माग गरेको तथा एनसिबि काठमाडौंले माग भए बमोजिमको कागजात खुलाई पठाए पश्चात गत फागुन ११ गते चौधरीलाई नेपाल सपुर्दगि गर्ने प्रयोजनार्थ सुरक्षा टोली पठाई दिनुहुन भनि जानकारी प्राप्त भए अनुसार एनसिबि काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनलाई बिहीबार नेपाल ल्याएको हो ।

उनलाई आवश्यक अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय गोरुसिंगे कपिलवस्तुलाई बुझाइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com