2

Logo २०८३ बैशाख १४ सोमबार
११३ औं नारी दिवसको सन्दर्भमा बगनासकालीमा विविध कार्यक्रम सम्पन्न

११३ औं नारी दिवसको सन्दर्भमा बगनासकालीमा विविध कार्यक्रम सम्पन्न


Sabalnews प्रकाशित मिति : बिहिबार, फाल्गुन २५ २०७९
484

पाल्पा ।

बगनासकाली गाउँपालिका महिला समन्वय समिति पाल्पाले गाउँपालिका सभाहलमा हाजिरी जवाफ प्रतियोगिता सहित विविध कार्यक्रम सम्पन्न गरेको छ ।

‘लैंगिक समानताको बलियो आधार: सृजनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने नारासहित ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरको सन्दर्भ पारेर बगनासकाली गाउँपालिकाको सहयोग र गाउँ महिला समन्वय समितिको आयोजनामा कार्यक्रम भएको हो ।

प्रतियोगितामा गाउँपालिकाका नौ वटै वडाका महिला सञ्जालबाट सक्रिय सहभागिता थियो । हाजिरीजवाफ तर्फ प्रथम वडा नं. ३, द्वितीय वडा नं. १ र तृतीय वडा नं. ८ को टोलीले क्रमशः ७ हजार, ६ हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् । अन्य सहभागीले सान्त्वना स्थान हासिल सहित प्रोत्साहन वापत प्रतिसमुह ४ हजार नगद प्राप्त गर्नुभएको थियो । यस्तै कुर्ची दौडतर्फ दुर्गा पाण्डे प्रथम, धनमाया बगाले द्वितीय र दुर्गा कुँवरले तृतीय स्थानसहित पुरस्कार प्राप्त गर्नुभयो ।

शुभकामना मन्तव्य राख्दै गाउँपालिका अध्यक्ष सरस्वती चिदीले महिला सशक्तिकरणकाको लागि गाउँपालिकाले विभिन्न दिवसीय कार्यक्रमलाई निरन्तरता दिदै आएको बताउनुभयो । गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले महिला हक अधिकारका लागि महिलाहरूकै सक्रियता आवश्यक हुनेमा जोड दिनुभयो । गाउँपालिका प्रवक्त टिकाबहादुर थापाले महिला अधिकारका क्षेत्रमा गाउँपालिकाले विभिन्न दिवसीय कार्यक्रमलाई निरन्तरता दिदै महिला हक अधिकार सुनिश्चित गर्नतर्फ उत्प्रेरित गर्दै आएको जनाकारी दिनुभयो ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गुनाराम खनाल, एम.आई.एस.अपरेटर भोजराज भट्टराई, महिला विकास शाखाप्रमुख धनकुमारी राना, खानेपानी प्राविधिक विनोद केसीलगायतले कार्यक्रममा सहजीकरण गर्नुभएको थियो । बगनासकाली गाउँपालिका महिला समन्वयसमितिका अध्यक्ष सरस्वती चिदीको अध्यक्षता, कोषाध्यक्ष दुर्गा रानाको स्वागत र सचिव उर्मिला कुँवरको सञ्चालनमा कार्यक्रम सम्पन्न भयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com