2

Logo २०८३ बैशाख १३ आइतबार
गणतान्त्रिक नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल बिजयी

गणतान्त्रिक नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल बिजयी


Sabalnews प्रकाशित मिति : बिहिबार, फाल्गुन २५ २०७९
701

काठमाडौं ।

नेपालको तेस्रो राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेल निर्वाचित भएका छन्। बिहीबार भएको मतदानमा संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार सहित निर्वाचित भएका हुन् ।

पौडेलले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाप्त गरेका छन् । नेकपा एमालेका सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पाैडेल विजयी भएका हुन ।

पौडेलले ‍३३ हजार ८ सय २ मतभार प्राप्त गरेका छन् भने नेम्बाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गरेका छन् ।

राष्ट्रपति चुनावमा संघीय संसद्तर्फ ३१३ सांसद (२४ हजार ७ सय २७ मतभार) ले मतदान गरेका थिए भने प्रदेशतर्फ ५१८ (२४ हजार ८ सय ६४ मतभार ) सांसदले मत दिएका थिए ।

चुनावी प्रक्रियामा सहभागी भएका सांसदहरुको कूल मतभार ४९ हजार ५ सय ९१ थियो । राष्ट्रपति निर्वाचित हुनका लागि २६ हजार ३ सय १५ आवश्यक पर्छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संघीय सांसद र प्रदेश सभा सदस्यहरूको हाल कायम रहेको मतभार ५२ हजार ६ सय २८ थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com