2

Logo २०८३ बैशाख १४ सोमबार
अन्तर्राष्ट्रिय नारी दिवसमा निस्दीको नमुना काम

अन्तर्राष्ट्रिय नारी दिवसमा निस्दीको नमुना काम


Sabalnews प्रकाशित मिति : सोमबार, फाल्गुन २२ २०७९
806

पाल्पा।

पाल्पाको निस्दी गाउँपालिकाले मार्च ८ नमुनायोग्य काम गरेर मनाउने तयारी गरेको छ ।आउदो बुधबार मनाइने नारी दिवसमा निस्दीले स्नातकोत्तर तह उत्तिर्ण गर्ने पालिका भरिका महिलाहरुलाई सम्मान गर्ने जनाएको छ ।

१ सय १३ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा गाउँपालिकाले स्तातकोत्तर तह उत्तिर्ण महिलाहरुलाई सम्मान गर्ने तयारी गरेको निस्दी गाउँपालिकाका उपाध्यक्ष तीरन कुमारी श्रेष्ठले बताउनुभयो ।

निस्दी जिल्लामा नै स्रोत साधन र भुबनोटले बिकट गाउँपालिका हो । निस्दीमा बालबिवाह गर्ने गराउनेको संख्या उत्तिकै छ, महिलाहरुलाई अध्ययनका लागि प्रेरित गर्न यो कार्यक्रम गर्ने सोछ बनाइएको उहाँले बताउनुभयो । “गाउँपालिका भित्र कै नारीहरुलाई शिक्षा प्रति प्रेरित गरी स्थानीय तहमा आवश्यक जनशक्ति तयार गर्ने उद्देश्यका साथ यस पटक स्नातकोत्तर तह उत्तिर्ण महिलाहरुलाई सम्मान गर्न लागेका हौं- श्रेष्ठले भन्नुभयो ।

गाउँपालिकाले नगद ५ हजार सहित सम्मान पत्र र दोसल्लाले सम्मान गर्न लागेको हो । निस्दी गाउँपालिका बालमैत्री गाउँपालिका घोषणाका लागि अभियान सञ्चालन गरिरहेको छ ।

निस्दी गाउँपालिकाले फरक- फरक योग्यता, क्षेत्र र नमुना कार्य गर्ने निस्दीका थप विद्यार्थीलाई पनि सम्मान गर्ने जनाएको छ ।

निस्दी गाउँपालिकाका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख विमला आचार्यले स्नातकोत्तर तह उत्तिर्ण महिलाहरुलाई सम्मानका लागि तयारी गरिएको बताउनुभयो ।

निस्दी गाउँपालिकाका उपाध्यक्ष तीरन कुमारी श्रेष्ठले “गाउँपालिका भित्र कै नारीहरुलाई शिक्षा प्रति प्रेरित गरी स्थानीय तहमा आवश्यक जनशक्ति तयार गर्ने उद्देश्यका साथ यस पटक स्नातकोत्तर तह उत्तिर्ण महिलाहरुलाई नारी दिवसको अवसरमा सम्मान गर्न लागेका बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com