2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पामा बैशाख १४ देखि पाल्पा महोत्सव हुने

पाल्पामा बैशाख १४ देखि पाल्पा महोत्सव हुने


Sabalnews प्रकाशित मिति : बिहिबार, फाल्गुन १८ २०७९
813

पाल्पा ।

जिल्लाको तानसेनमा आगामी बैशाखमा पाल्पा महोत्सव हुने  भएको छ ।

पाल्पा उद्योग वाणिज्य संघको आयोजामा आगामी बैशाख १४ गतेदेखि २४ गतेसम्म संचालन हुने महोत्सवले जिल्लाको आर्थिक, सामाजिक, पर्यटकीय र सांस्कृति क्षेत्रको विकासमा टेवा पुग्ने संघले जनाएको छ ।

बि. स. २०५८ सालदेखि विभिन्न सयममा मेला महोत्सव गर्दै आइरहेको संघले पाल्पामा १३ औं सस्करणको रुपमा पाल्पा महोत्सव गर्ने निर्णय गरेको संघका अध्यक्ष शैलेन्द्र भट्टराईले जानकारी दिनुभयो । संघले यस अघि मेला महोत्सव गरेर तानसेनको खानेपानी, शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा सहयोग गरेको थियो ।

संघले सामाजिक उत्तरदायित्व बहन गर्दै मेला महोत्सवबाट उठेको रकमहरु संस्थागत विकास संघको बाँकी रहेको बहुउद्देश्यीय भवन निर्माण सम्पन्न, संघको व्यवसायिक हक हित कोष, व्यवसायिक सुरक्षा, संस्कृति जर्गेना, पर्यटकीय विकास लगायतका क्षेत्रमा खर्च गर्ने गरी महोत्सवको आयोजना गरिएको अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।

बैशाख १४ गतेदेखि २४ गतेसम्म १३ औं संस्करणको रुपमा संघले महोत्सव आयोजना गर्न थालेको र संघका अध्यक्ष भट्टराईको नेतृत्वमा मूल आयोजक समिति गठन भएको संघले जनाएको छ । मेला सफल पार्न सबैलाई अनुरोध समेत गरिएको छ ।

महोत्सवको लागि स्थान भने छनौट गर्न बाँकी रहेको छ । यस अघि टुँडीखेलमा हुने मेलामा तानसेन नगरपालिकाले रोक लगाएपछि मेलाको लागि स्थान अभाव हुँदै आएको छ । मेलाको लागि बतासेडाँडा, टुँडीखेल, बाँसटारी, प्रभास, गोर्खेकोट, श्रीनगर लगायतको क्षेत्र हेरेर आवश्यक निर्णय लिइने संघका पूर्व अध्यक्ष मोहन प्रसाद श्रेष्ठले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com