2

Logo २०८३ बैशाख १३ आइतबार
मेयर कपमा क्रिकेट प्रतियोगिता शुरु

मेयर कपमा क्रिकेट प्रतियोगिता शुरु


Sabalnews प्रकाशित मिति : बुधबार, फाल्गुन १७ २०७९
827

पाल्पा ।

मंगलबारदेखि शुरु भएको मेयर कप अन्तर्गत क्रिकेट प्रतियोगिता शुरु भएको छ ।

मेयर कप अन्तर्गत फुटवल र भलिबल प्रतियोगिता रामपुर ७ किसानबारी खेल मैदानमा शुरु भएको छ भने क्रिकेट प्रतियोगिता रामपुर ५ मटेरी खेलमैदानमा खेलाइएको छ । बुधबार शुरु क्रिकेट प्रतियोगिताको रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले उद्घाटन गर्नुभएको छ ।

रामपुर नगरपालिका ५ र ३ बिच भएको उद्घाटन खेलमा १९ रनले वडा नम्बर ५ ले जितेको छ । वडा नम्बर ३ ले दिएको १०९ को तार्गेट पछ्याएको वडा नम्बर ५ ले जित हात पारेको हो । जित संगै रामपुर ५ सेमिफाइनलमा प्रबेश गरेको छ ।

खेलमा बिजयी टिमका खेलाडी देवराज न्यौपाने म्यान अफ दि म्याछ भए । जहाँ न्यौपानेले ८ बलमा २२ रन जोड्न सफल भएका थिए ।

बुधबार नै भएको रामपुर नगरपालिका ६ र २ को खेलमा ६ ले बिजयी शुरुवात गरेको छ । ७४ रनको तार्गेटका साथ खेलेको रामपुर ६ ले ६ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको छ।
बिण्णु मल्ल म्यान अफ दि म्याच हुन सफल भए उनले एक्लै ३ विकेट लिएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com