१५ वर्षे बालकद्वारा दुई वर्ष कान्छि बालिकालाई जबरजस्ती करणी
पाल्पा ।
पाल्पामा एक १५ वर्षे बालकले आफूभन्दा दुई वर्ष कान्छि बालिकालाई जबरजस्ती करणीको प्रयास गरेका छन् ।
पाल्पाको रामपुर नगपालिकाकी एक १३ वर्षीया नाबालिकालाई रामपुर नगरपालिका-६ गैटार बस्ने बर्ष १५ को बालकले ललाई फकाई फाल्गुन ४ गते राती जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा जाहेरी परेको छ ।
बालकले रातको समयमा ती बालिकालाई रामपुर ५ बेझाड खेतको रोहित श्रेष्ठको निमार्णाधिन घरमा लगेर जबरजस्ती करणी गरेको भन्दै बालिकाको आमाले जिल्ला प्रहरी कार्यालय पाल्पामा जाहेरी दिएको पाल्पा प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्र थापाले बताउनुभयो । जाहेरी लगत्तै ईलाका प्रहरी कार्यालय रामपुरबाट प्रहरी अनुसन्धान अधिकृत प्रहरी अधिकृत सहितको टोलीले बालकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पाल्पामा ल्याएर आवश्यक अनुसन्धान भइरहेको डिएसपी थापाले बताउनुभएको छ।