2

Logo २०८३ बैशाख १३ आइतबार
१४ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता पाल्पामा शुरु

१४ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता पाल्पामा शुरु


Sabalnews प्रकाशित मिति : सोमबार, फाल्गुन ८ २०७९
708

पाल्पा ।

पाल्पामा जिल्ला स्तरीय १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता माथागढीको सराईमा शुरु भएको छ । दुई नगरपालिका र ८ गाउँपालिका स्तरीय प्रतियोगितबाट छनौट भएका खेलाडीबीच जिल्लाा स्तरीय प्रतियोगिता भएको हो ।

प्रतियोगितामा छात्राछात्रबीच एथलेक्टिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्डोलगायतका खेल हुनेछ । जिल्ला स्तरीय प्रतियोगितामा प्रथम हुने खेलाडी र समूह प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागी हुनेछन् । आइतबारबाट सुरु भएको खेलकुद प्रतियोगितामा प्रतिनिधिसभा सदस्य नारायणप्रसाद आचार्यले उद्घाटन गर्नुभयो ।

खेल उद्घाटन गर्नुहुँदै प्रतिनिधि सभाका सदस्य आचार्यले पालिका स्तरमा रहेका खेलमैदानको स्तरउन्नति गर्दै सदरमुकाम केन्द्रीत खेल प्रतियोगितालाई ग्रामीण क्षेत्रमा आयोजन गर्न आफ्नो पहल रहने बताउनुभयो । उहाँले माथागढी र तानसेनका माडी क्षेत्रलाई समेटेर जिल्लाकै नमूना खेलमैदान निर्माण गर्न सकिने धारणाा राख्नुभयो ।

उद्घाटन समारोहमा विभिन्न समूहबाट बाजागाजा र झाँकीसहित र्यालीले सराई बजार परिक्रमा गरेको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदी, पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्त, लुम्विनी प्रदेश आर्थिक मामिला मन्त्रालयका सचिव दिपक नेपाल, माथागढी गाउँपालिका वडा नं. ३ का अध्यक्ष तेजबहादुर घर्तीमगर, नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रेखीराम रानालगायतले प्रतियोगिता सफलताको शुभकामना दिनुभएको थियो ।

उद्घाटन कार्यक्रमको जिल्ला खेलकुद विकास समितिका कार्यबहाक अध्यक्ष दिपक घिमिरेको अध्यक्षता, सुनिल कार्कीको स्वागत, भरत शर्माको संचालनमा भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com