2

Logo २०८३ बैशाख १३ आइतबार
अन्तर जिल्ला स्तरीय भलिबल प्रतियोगितामा शुक्रबार ५ खेल सम्पन्न

अन्तर जिल्ला स्तरीय भलिबल प्रतियोगितामा शुक्रबार ५ खेल सम्पन्न


Sabalnews प्रकाशित मिति : शनिबार, फाल्गुन ६ २०७९
1.1K

पाल्पा ।

पाल्पाको रामपुरमा चलिरहेको जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगितामा शुक्रबार ५ खेल सम्पन्न भएको छ । बुधबारदेखि शुरु भएको भलिवल खेलमा ७ जिल्लाका टिमले भाग लिएका छन् ।

जिल्ला भलिबल संघको आयोजनामा भएको प्रतियागितामा छिमेकी जिल्लाका जिल्ला भलिबल संघले भाग लिएका छन् । शुक्रबार भएको समुह बि को खेलबाट नवलपुर र स्याङ्जा सेमिफाईनलमा प्रबेश गरेको छ ।

शुक्रबार विहान भएको लिग चरणको पहिलो खेलमा ३/० को सोझो सेटमा गुल्मीलाई पराजित गर्दै पाल्पा विजयी भएको छ । खेलमा पाल्पाले पहिलो, दोस्रो र तेस्रो सेट क्रमश: २५-१८, २५-१४ र २५-१९ अंक सहित पाल्पाले ३ अंक जोडेको छ ।पाल्पा र गुल्मीबिचको खेलमा आशिष श्रेष्ठ म्यान अफ दि म्याच हुन सफल भए ।

बिहीबार २-२ सेटको बराबरीमा रोकिएको पाल्पा र गुल्मी बीचको खेलमा पाल्पाले पहिलो सेट २५–२१ र चौथो सेट २५–२१ सहित हात पार्‍यो भने गुल्मीले दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–२३ अंक हात पार्न सफल भयो ।

स्याङ्जा शुक्रबार कपिलवस्तुलाई पराजित गरेसंगै ६ अंक सहित समुह वि को विजेता बनेर सेमिफाईनलमा प्रवेश गरेको हो । कपिलवस्तु १ अंकमा सिमित भएर समुह चरण बाटै बाहिरिएको छ ।

समुह वि तर्फको लिग चरणको अन्तिम खेलमा नवलपुरले अङ् बिहिन कपिलवस्तुलाई ३/१ सेटमा पराजित गर्दै नवलपुर सेमिफाईनलमा प्रवेश गरेको हो । कपिलवस्तु संगको खेलमा नवलपुरले दोस्रो, तेस्रो र चौथो सेट क्रमश २५-१५, २५-१२ तथा २५-१५ अंक सहित हात पारेको थियो । कपिलवस्तुले पहिलो सेट २५-२२ अंक सहित पोल्टामा पारेको थियो ।

नवलपुर समुह वि बाट ४ अंक सहित समुह चरणमा उपविजेता बन्दै सेमिफाईनलमा प्रवेश गरेको हो । समूह ए मा रहेको बाग्लुङ र तनहुँ बिचको खेलमा बाग्लुङ्ग ३-१ सेटले विजयी भएको छ । समुह ए कै बाग्लुङ्ग र गुल्मी विच खेल भएको छ । समुह ए मा बाग्लुङ, पाल्पा, गुल्मी र तनहुँ छ। समुह वि मा स्याङ्जा, कपिलवस्तु र नवलपुर रहेको छ ।

समुह वि तर्फको दोस्रो खेल खेलेको स्याङ्जाले
कपिलवस्तुलाई ३-० को सोझो सेटले जित हात पार्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।कपिलवस्तु संगको खेलमा स्याङ्जाले पहिलो, दोस्रो र तेस्रो सेट २५-७, २५-१९ र २५-२१ अंक सहित हात पारेको हो । स्याङ्जा कपिलवस्तु बिचको खेलमा स्याङ्जा राजन दर्लामी म्यान अफ दि म्याच घोषित भए।

समुह वि तर्फ सेमिफाइनलमा पुगेको स्याङ्जाले ३ र नवलपुरले १ अंक प्राप्त गरेको छ । स्याङ्जाले समुह वि तर्फको नवलपुरलाई विहिबार ३-१ सेटमा पराजित गर्न सफल भएको थियो ।

शुक्रबार नै समुह ए तर्फको दोस्रो खेल बाग्लुङ्ग र तनहुँ बिच भएको छ । खेलमा म्यान अफ दि म्याच प्रकाश सुनार भएका छन् ।

माघ २७ देखि फागुन ८ सम्म सञ्चालन भईरहेको महोत्सव जिल्ला भलिबल संघ पाल्पाको  आयोजना, नगर खेलकुद विकास समिति रामपुरको सहआयोजना, रामपुर भलिबल संघको व्यवस्थापन र रामपुर उद्योग वाणिज्य संघको मुख्य प्रयोजनमा भएको हो । प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख ५१ हजार १ सय ११ रुपैयाँ सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगितामा दोस्रो हुनेले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ सहित कप मेडल र प्रमाणपत्र र तेस्रो हुनेले नगद ५१ हजार १ सय ११ रुपैयाँ सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । विधागततर्फ उत्कृष्ट हुनेलाई जनही ५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचलाई १ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com