स्थानीय तहका उमेदवारको निर्वाचनको जरिवाना मिनाहा
काठमाडौं ।
स्थानीय तहको निर्वाचनमा समयमा नै खर्च नबुझाउने उमेद्धारलाई निर्वाचन आयोगले गरेको जरिवाना मिनाहा भएको छ ।
गत बैशाख ३० गते भएको स्थानीय चुनाबमा उमेद्धारहरुले समयमा नै हर हिसाव निर्वाचन आयोगलाई सयममा नै नबुझाएको भन्दै जरिवाना तोकिएको थियो । लामो समयदेखि भुलचुकमा भएको जनाउदै उमेद्धार सहित यस सँग सम्बन्धित निकायले जरिवाना मिनाहा हुनुपर्ने भन्दै आएका थिए ।
राष्ट्रपति बिद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को निर्णय अनुमोदन गर्दै आज शुक्रबार जरिवाना रकम मिनाहा गर्नुभएको हो ।
राष्ट्रपति कार्यालयले बिज्ञप्ति निकाल्दै स्थानीय तह सदस्य निर्वाचनका उमेद्धारहरुलाई आयोगले तोकेको जरिवानाको रकम नेपाल सरकार, मन्त्रिपरिषद्को फागुन ४ गतेको बैठकको सिफारिस बमोजिम नेपालको संविधान धारा २७६ बमोजिम माफी मिनाहा भएको बिज्ञप्तिमा उल्लेख छ । राष्ट्रपति कार्यालयका सहायक प्रबक्ता लीलाकान्त पौडेलद्धारा हस्ताक्षरित बिज्ञप्तिमा राष्ट्रपति भण्डारीले स्थानीय तहका उमेद्धारको जरिवाना रकम मिनाहा भएको उल्लेख छ ।