रामपुर महोत्सवमा आज बालकलाकार सुप्रिम मल्ल
पाल्पा ।
पाल्पाको रामपुरमा जारी तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलामा सोमबार चर्चित बालकलाकार गायक सुप्रिम मल्लको प्रस्तुति रहनेछ ।
गत शुक्रबारदेखि जारी महोत्सवको दिन लम्बिदै जादा महोत्सवको माहोल तात्दै गएको छ । महोत्सवको चौथो दिन बालकलाकार मल्लको आगमन हुने भएपछि दर्शकको भिड बढी हुने आयोजकको अनुमान छ ।
भ्वाइस अफ नेपाल लगायतका धेरै जसो रियालिटी शो मा भाग लिदै विजेता उपविजेता भएर उपाधि जितेका बाल गायक सुप्रिम मल्ल पछिल्लो समय दर्शक स्रोतामाझ निकै चर्चामा छन् । उनको धेरैजसो फ्यान बालबालिका नै छन् । सोमबार सरकारले सार्वजनिक विदा दिएकोले पनि रामपुर महोत्सवमा दर्शकको भिडभाड लाग्ने अनुमान छ ।
“परान बाकी छ, रेलको बाटो,” “राजनिती कि लाजनिती” देखि “पुगेन मनको धोको पुगेन” जस्ता चर्चित गीत गायक मल्ल हिजो आज दर्शकको मायाले मेला महोत्सवमा व्यस्त छन् ।
रामपुर उद्योग वाणिज्य संघको आयोजना र रामपुर नगरपालिकाको संरक्षकत्वमा भैरहेको महोत्सबमा लोक दोहोरी च्याम्पियन प्रकाश पराजुली, गायक मोहन खड्का लोकदोहोरी गायिका आरती रुचाल हास्यकलाकार नीर आलेको प्रस्तुति रहने रामपुर उद्योग वाणिज्य संघका महासचिव पुरुषोत्तम केसीले जानकारी दिनुभयो ।