2

Logo २०८३ बैशाख १३ आइतबार
“जनयुद्ध दिवस” मा सोमबार सार्वजनिक बिदा

“जनयुद्ध दिवस” मा सोमबार सार्वजनिक बिदा


Sabalnews प्रकाशित मिति : आइतबार, माघ २९ २०७९
806

काठमाडौं ।

सरकारले ‘जनयुद्ध दिवस’का अवसरमा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले फागुन १ गते सोमबात ‘जनयुद्ध’ दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

गृह मन्त्रालयले सूचना जारी गरेर भोलि सार्वजनिक बिदा दिइएको जानकारी गराएको छ।

काठमाडौँ । सरकारले १ फागुनमा जनयुद्ध दिवसको बिदा दिएकोमा सत्तारुढ घटक राष्ट्रिय प्रजातन्त्र पार्टीले असन्तुष्टि जनाएको छ । आइतबारको मन्त्रिपरिषद् बैठकले जनयुद्ध दिवसको अवसरमा बिदा दिने निर्णय गरेको थियो ।

१ फागुन २०५२ मा तत्कालीन नेकपा माओवादीले पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा हिंसात्मक आन्दोलन सुरु गरेको थियो । सोही दिनको सम्झनामा प्रचण्ड नेतृत्वको सरकारले बिदा दिएको हो । उक्त बैठकमा राप्रपाका मन्त्रीहरू सहभागी भएनन् । राप्रपाबाट उपप्रधान तथा उर्जामन्त्री राजेन्द्र लिङ्देन, शहरी विकास मन्त्री विक्रम पाण्डे, कानुन न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जा राज्यमन्त्री दीपकबहादुर सिंह मन्त्रिपरिषदमा छन् ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले कुनै राजनीतिक दलको अगुवाइमा भएको हिंसात्मक द्वन्द्वलाई उत्सवको रूपमा मनाउनु दुर्भाग्य र विडम्बनापूर्ण भएको बताए ।

राप्रपाले पृथ्वी जयन्तीमा २७ पुसमा बिदा दिनुपर्ने अडान राखेको थियो र सरकारले बिदा पनि दिएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com